सहकारीले नागरिकको जिवनस्तर सुधारका निम्ति लगानी गर्न आबश्यक छ ः अध्यक्ष भण्डारी

जुम्ला ः गोठिचौर गाँउपलिका अध्यक्ष हरि बहादुर भण्डारीले बचत तथा ऋण सहकारी संस्थाले नागरिकको जिवनस्तर सुधारमा लगानी गर्न अनुरोध गरेका छन । उनले न्युन आयस्रोत भएका नागरिकको आर्थिक रुपमा परिबर्तन ल्याउने कार्य संञ्चालन गर्न आग्रह गरेका हुन । अध्यक्ष भण्डारीले आबश्यकता भन्दा बढी सहकारी हुदा बचतका गर्ने काम भन्दा पनि आयआर्जनका कायक्रम गर्न आबश्यक रहेको बताए । गोठिचौर गाँउपालिका ५ मा रहेको फोइ बचत तथा ऋण सहकारी सस्थाको १९ औं बार्सिक साधारण सभामा सहकारीले सदस्यहरुलाइ ऋण दिदा कुन प्रयोगको लागि लिरहेका छ्न भनेर अनुगमन गर्नुपर्ने बताए । उनले भने सहकारीले दिएको ऋणका कारण कतिपय नागरिकको उठिबास भएको बताउदैन नागरिक स्वयमले पनि सहकारीमा लागेर हामी कत्तिको समृद्धि भयौ भनेर बिचार गर्ने बेला आएको बताए । जिल्ला बचत महासंघका उपाध्यक्ष पुर्ण प्रसाद तिमिल्सेनाले सहकारी संस्था आर्थिक लेनदेनमा मात्र सिमित भएको बताए । उनले आगामी दिनमा सामुदायिक बिकासको निम्ति लगानी गर्न जोड दिए ।
जिल्ला सहकारी संघका महासचिव माया दत्त आचार्यले सहकारी देशको मेरुदण्ड भएको बताए । उनले सहकारी बिकासका लागी नागरिकको आम भुमिका रहेको उल्लेख गरे । सहकारीको अवस्थालाई मजबुत बनाउन सबैको सहकार्य आबश्यक रहेको छ । उनले थपे ,एउटा ब्यक्तीले धेरै सहकारीमा कारोबार गर्ने परिपाटीको अन्य गर्नु पर्ने बताए ।
त्यस्तै सनराइज बैंक गोठिचौरका शाखाका प्रबन्धक ज्वाला प्रशाद खनालले सबै मानिस बैंकमा पुग्न नसक्ने भन्दै सहकारीले नागरिकको बचत गर्ने बानि बसेलेको बताए ।
फोइ सहकारी संस्थाले आयब्याय प्रस्तुत गरेको छ ।