सुर्खेतमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
सुर्खेत : कर्णालीको राजधानी सुर्खेतमा खुला चौरमै बालिकामाथि सामूहिक बलात्कार भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ नेवारको खुला चौरमा शुक्रबार राती १२ वर्षीया बालिकामाथि दुई जना युवाले सामूहिक बलात्कार गरेको खुलेको हो ।
बलात्कार घटनालगत्तै सूचना पाएको प्रहरीले बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केघाट गाउँपालिका ७ का १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँकै २० वर्षीय रामकृष्ण जैशी छन् । सुर्खेतकै नेवारमा बस्ने उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नेवारेस्थित खुल्ला चौरमा लिएर बलात्कार गरेको पाइएको हो । बलात्कार भएको सूचना पाएलगत्तै अस्थाई प्रहरी पोष्ट सहकारीचोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले दुवैजनालाई पक्राउ गरी हिराशतमा राखेको छ ।








