नेकपा एमाले फुट्यो

काठमाडौं :   प्रमुख विपक्षी नेकपा एमाले  फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘  बनाउने निर्णय गरेका हुन् । उनले आफ्नो दल  नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेको बताइएको छ ।

बुधबार  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरे लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका हो ।

‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले बताएका छन् ।