छोरा–छोरीमा हुने विभेद हटाउन सक्रिय बन्दै,सेडा नेपाल
जुम्ला ः साँझ–बिहान घरबाट छोरो डुल्न निस्कँदा हामी कोही पनि “छोरी मान्छेलाई नजिस्काउनू । दुव्र्यवहार नगर्नू” भन्दैनौँ । तर, त्यही घरकी छोरी साँझ–बिहान घरबाहिर निस्कि भनेँ “बाटोमा के कस्ता मान्छे भेटिन्छन्, ख्याल गरेर जानू । अनि छिट्टै घर आउनू” भन्न बिर्सँदैनौँ । त्यही छोरी घरबाट निस्कँदा भन्ने विषय र छोरा घरबाट निस्कँदा भन्ने विषयमा किन अन्तर छ ? यी कुरा हरेक घरमा भनिने विषय भएकाले सामान्य लागे पनि छोरालाई भनिने र छोरीलाई भनिने यी दुई वाक्यले समाजको दृष्टिकोण र सामाजिक मनोविज्ञानलाई बोकेको छ ।
यही मनोविज्ञानको आधारमा समाजको धारणा बनेको छ । छोरा र छोरीलाई हेर्ने दृष्टिकोण स्थापित छ । घरभित्र होस् या घर बाहिर । लामो दूरीको यात्रामा होस् या छोटो दूरीको यात्रामा । छोरा मान्छेलाई सुरक्षित ठानिन्छ ।यस्ता बिभेदपुण ब्यवाहारबाट जुम्ला पनि अछुतो छैन ।
तर पछिल्लो समयमा सामाजिक न्यायमा आधारित दिगो र सन्तुलित विकासको लागि “दिगो तथा न्यायोचित विकास प्रतिष्ठान”सेडा नेपाल नामक संस्थाले र्भावस्था देखि नै छोरा र छोरी बिच समान व्यवहारको लागी जुम्लाको ग्रमिण बस्तीमा गएर सचेताका संवाद संञ्चालन गर्र्दैै आएको छ ।
२०६० सालमा स्थापित गैरसरकारी तथा सामाजिक संस्था सेडा नेपालले ,बाल विवाह, गर्भावस्था र बच्चाको हेरचाहसँग जोडिएको गलत धारणा, हानिकारक परम्परागत अभ्यासको बारेमा मुदायहरूमा सामूहिक संवाद गर्दै आएको छ ।्
त्यस्ता संवाद समाजमा पुरुष र महिलाहरू बीच घर भित्र र बाहिरका समान कार्य विभाजनको सहयोग पुगेको छ । सेडा नेपालले परियोजनालाई दिगो बनाउन अभिभावक शिक्षा लगायतका बिषयमा कनकाशुन्दरी गाउँपालिकाको चार वटा वाडाहरुमा रहेका आमा समूहको बैठकहरु मार्फत कार्यक्रम संञ्चालन गरिएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता निदइने छ ।
सेडानेपाल मार्फत संञ्चालन भएको परियोजनाप्रति स्थानीय सरकार वाडासरकारका प्रतिनिधिको ,धारणा सकारात्मक भएको रहेको छ । यो लगाव आर्थिक वर्ष २०७८।७९ को ईसीडी कार्यक्रमका लागि बजेट विनियोजनमा पनि देखिएको छ ।सेडामार्फत संञ्चालित प्रारम्भिक बालविकास कार्यक्रम (बालबालिकाको सपना परियोजना) लगाएतको कार्यक्रमले बालबालिकाको क्षेत्रमा सुधार आएको छ । यस कार्यक्रमले भेदभाव, डर र सबै प्रकारका हिंसा रहित समाज बन्ने छ । यसको लक्ष्य पनि सबै बालबालिकाले उचित र उत्तरदायि स्याहार पाउने छन भन्ने नै हो ।
यसले गदाउनीहरुलाई आफ्ना विकासात्मक लक्ष्यहरु हासिल गर्न बलियो आधार प्रदान गर्ने “दिगो तथा न्यायोचित विकास प्रतिष्ठानको”सेडा नेपाल जुम्लाका प्रमुख निर्मला थापाले बताइन । उनले भनिन ,बालबालिकाको पालनपोषण र हेरचाहमा महिला जस्तै पुरुषहरू संलग्न गराउने हो । यसकारण महिला पुरुष लक्षित अभिभावक शिक्षा सत्र समुदायमा सञ्चालन गरिएको हो ।
यसले बालबालिकालाई पालनपोषण र हेरचाह प्रदान गर्न पुरुषको भूमिका र उनीहरूको संलग्नताले बच्चाको जीवनमा सकारात्मक नतीजाहरू हासिल गर्न मद्दत गर्छ । पछिल्लो समयममा सेडाले संञ्चालन गरेको यो कार्यक्रमले पुरुषहरूको सोचाई र व्यवहारमा सुधार ल्याउन मद्दत पु¥याएको छ ।
आर्थिक वर्ष २०२०–२०२१ को अवधिमा कम्तिमा ३३९२ गतिविधिहरू समुदाय स्तरमा सञ्चालन भएको “दिगो तथा न्यायोचित विकास प्रतिष्ठानको”सेडा नेपाल जुम्लाका लेखा अधिकृत दिपेन्द्र बढुवालले बताए । उनले भने ,ती गतिविधिहरूबाट १४,००० सहभागीहरू लाभान्वित भएका छन् ।“प्रारम्भिक बाल विकास तथा सिकाईका लागि घरमा आधारित खेल सँगालो”पुस्तक, लकडाउनको समयमा विकास गरिएको थियो । यसले गर्दा आगामी दिनमा बच्चाहरूलाई प्रारम्भिक उत्पे्ररण र हेरचाह प्रदान गर्न स्याहारकर्ताहरूलाई ठूलो सहयोगी पुग्ने छ ।
त्यस्तै कोरोना भाइरको लागी प्लानइन्टर नेश्नल नेपालको आर्थिक सहयोगमा सेडाले ११,४२,५५६ लाख बराबरको सामाग्रीहरु जिल्ला र पालिकालाई हस्तान्तरण गरिएको छ । त्यस्तै सेडा नेपाल अन्तरगत उक्त बालबालिकाको सपना परियोजना २०२१ अगस्ट देखि २०२२ जुन सम्म थप भएको छ ।
कालिकोट जिल्ला, नरहरीनाथ गाउँपालिकाको वडाः १, २ र ३ मा पनि उष्यितष्लन को रुपमा संचालन भइरहेको छ यस संस्थाले आप्mनो स्थापना कालदेखी कर्णाली (साविक) क्षेत्रमा स्थानिय श्रोतको समुचित उपयोग गरि यस क्षेत्रका बर्ग तथा समुदायलाई आर्थिक समृद्धि र राष्ट्रिय विकासको मुल प्रवाहमा ल्याउनको लागि कार्य गरी रहेको छ ।









