घाइतेलाई हौसला दिन सुरक्षा निकायको टोली प्रतिष्ठानमा

जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ लगायतको सुरक्षा निकायको टोली भालुको आक्रमणबाट घाइते बिरामीलाई अबस्था बुझ्न पुगेका छन । भालुले घाइते गरेका बिरामीलाई हौसाला प्रदान गर्नका लागी सुरक्षा नियकाको टोली कर्णाली स्वास्थ्यबिज्ञान प्रतिष्ठान पुगेको हो । चन्दननाथ नगरपालिका– ५ कार्किवाडामा ब्यवसाय गर्दै आएका चामण्डाबृदासैनी ९का हिम बहादुर रोकाया र उनकी धर्मपन्ती निर्मला रोकाया ( थापा) र चन्दननाथ नगरपालिका – ४ वडाका २५ वर्षका आषिस सार्कीलाई भेट्न अस्पतालमै भेटन पुगेका हुन । प्रमुख जिल्ला अधिकारी प्रसाइ, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ ,डीएसपी दान बहादुर थापा, बाहिनीपति रबिन थापा सहितको टोलीले भालुको आक्रमाण बाट घाइते भएका लाइ प्रति ब्यक्ति दशहजारका दुरले नगद सहयोग गर्ने बताएका छन ।