आहराको खोजीमा बजार पसेको भालुले ३ जना घाइते गरेपछि गोली गोली हानेर मारियो
जुम्ला ःभालुको आक्रमण बाट जुम्लाका तिन जना घाइते भएका छन । जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहिबार बिहान भालुले आक्रमण गर्दा तिन जना घाइते भएका हुन । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान ४ बजेको समयमा धारामा नुहाने गएका दुई जनालाई आक्रमण गरेको हो खलंगा बजारमा व्यवसाय गर्दै आएका हिमराज रोकाया र उनकी धर्मपन्नी निर्मला रोकाया (थापा )लाई घाइते बनाएको थिए ।
त्यसलगत्तै साढे नौ बजेको समयममा चन्दननाथ नगरपालिका ४वडाका २५ वर्षका आषिस सार्कीलाई समेत आक्रमण गरी घाइते बनाएको छ । घाइते तिनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ । चन्दननाथ नगरपालिका ५ कार्किवाडमा वनक्षेत्रबाट बिहिबार हिमाली कालो प्रजातिको कालो भालु एक्कासी बजार देखीएको थियो । भालु बजार पस्ने बित्तिकै सबै नागरिक त्रसित बने।
एकआपसमा हल्लीखल्ली हुन थाल्यो। भालुले त्यो बिहान तीन जनामाथि आक्रमण गर्यो। भालु बजार पसेको खबर पाउने बित्तिकै जिल्ला प्रशासान ,प्रहरी नेपाली सेना, ससंस्त्रप्रहरी बल डिभिजन वन कार्यालयको टोली सहित भालुलाई जंगलतिर लखेट्न खटिएको थियो ।
टोलीले जंगलसम्म लखेट्दा पनि भालुले सुरक्षा कर्मीमाथीनै आक्रमाण गर्न थालेपछि नियन्त्रणमा लिन नसकिएको हो ।डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री भन्छन्,‘ सुरक्षितस्थल तिर लखेट्न खोज्दा समेत भालु गाउँ पसेर आतंक मचाउन थाल्यो । अन्तत गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखियो। गाउँमा कोलाहल मच्चियो। भालु देखि सुरक्षित हुन निकै कठिन बन्यो। गाउँले एकै ठाउँमा जम्मा भएर भालु भगाउने उपाय अपनाउन थाले। तर तर भालु गाउँदेखि भगाउने कुनै पनि उपाय सफल हुन सकेनन्। झन भालुले गाउँमै बसेर मानवीय क्षेति गर्ने संकेत देखियो। भालु बहुला प्रकृतिको, हिंस्रक( म्यान इटर ) प्रकारको थियो। डिभिजन वन कार्यालयका प्रमुख खत्री भन्छन्,‘भालुलाई सुरक्षित स्थल तिर पठाउने अधिकतम पहल भएको थियो।
तर भालुले जंगलतिर जान मानेन्। गाउँमा पसेर हिंस्रक क्रियाकलाप गर्न थाल्यो। भालु आतंकले गाउँ नै त्रासित बन्यो।’ भालुले गाउँ नछोड्ने संकेत देखिएपछि गाउँलेले भालु मारिदिन स्थानीय प्रहरी प्रशासनलाई गुहारे।
प्रमुख जिल्ला अधिकारी बिजया कुरमारी प्रसाइले राष्ट्यि निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा (१०) को (ख) बमोजिम
गोली हानेर भालु मार्ने आदेश दिइन्। ऐनको उफा दफा (१०) को (ख) मा ‘कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर आई, मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने बन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने छ’ भन्ने उल्लेख छ। शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना डिभिजन वन कार्यालयको सक्रियतामा मरेको भालुलाई डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ । भालुको लम्बाई ५ फिट,चौडाइ ३ फिट थियो। भालुको तौल दुइ क्वीन्टल थियो। भालु वन कार्यालय भित्रको कम्पाउण्डमा १० फिट गहिरो खाल्डो खनेर गाडिएको छ। प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइे,सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ ,डिएसपी दान बहादुर थापा, बाहिनी पती रबिन थापा पत्रकारहरुको रोहवरमा खाल्डोमा गाडिएकोे छ।
दस पोका नुन भालुको शरीरमा छरिएको छ। डिभिजन प्रमुख खत्री भन्छन्,‘जुम्लामा रातो र कालो भालु पाउँछ तर पछिल्लो समयमा रातो भालु देखिएको छैन्। कालु भालुको विगविगी नै छ। निश्चित भालुको गणना भने गरिएको छैन्।
त्यो भालु तिब्र जनसंख्या बृद्धि या जंगल बिनासका कारण गाउँमा आहराको लागि झरेको हुन सक्ने अनुमान गरिएको छ। यो भालुले फलफुल बढि रुचाउँछ। यो समय मकै, स्याउ र बिभिन्न फलफुल उत्पादन हुने समय भएकोले गाउँमा पसेको हुन सक्ने स्थानीय बताउँछन्। स्थानीयले गाउँमा पसेको भालु लखेट्न धेरै प्रयास गरेको भएपनि असफल भएको बताउँछन। पछिल्लो समयमा भालु दिनदहाडै गाउँमा पस्न थालेको छ। गाउँवरिपरि लगाइको अन्नबाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने गरिरहेको छ।








