सुर्खेतको भेरिगंगामा जेठ १७ गतेदेखी महोत्सव हुने

सुर्खेत । भेरिगंगा १२ छिन्चुमा भेरिगंगा उपत्यका महोत्सव २०७६ संचालन हुने भएको छ ।
कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणीज्य संघ भेरिगंगाको सहआयोजना हुने महोत्सव यहि जेठ १७ गते देखी २७ गतेसम्म संचालन हुन भएको हो ।
नगर भित्रका कला संकृती पर्यटन, उद्योग तथा व्यापारको संरक्षण प्रचार प्रसार गर्नका लागी महोत्सवको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक मण्डलका एलबी कटुवाले जानकारी दिए ।
महोत्सवमा भेरिगंगा नरपालिका भित्र रहेका पर्यटकिय स्थलहरुको फोटो प्रदर्शन, कृषी उपजको बजारीकण, बाल उद्यान, राष्ट्रीय तथा स्थानिय कलाकारहरुको प्रस्तुती साथै स्थानिय कला संस्कृतीको विकास गर्ने लक्ष्य महोत्सवले राखेको कटुवालले बताए ।
महोत्सवमा ३२ लाख खर्च र ८० लाखको कारोबारो हुने तथा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार