सल्यानमा आगो निभाउन जाँदा एक जनाको मृत्यु , एक घाइते

सल्यान । सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा न ६ सिमपानीमा लागेको आगो निभाउने स्थानिय ५५ कर्षका पेन्टि बोहराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
आगोमा परी ४४ वर्षिय खगेन्द्र बोहरा घाइते भएको र उनको जिल्ला अस्पताल सल्यानमा उपचार भई रहेको छ ।
छत्रेश्वरी गाउँपालिकाको सिमपानी बस्ती जंगलको बिचमा भएका कारणले उक्त बस्ती आगोको उच्च जोखिममा रहेको छत्रेश्वरी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष चुडामणि दसौदीले जानकारी दिए।
आगो नियन्त्रण गर्न नेपाली, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय लागि परेका छन् ।