सबै प्रकारका विभेद अन्त्य हुन्छ गाउँपालिका अध्यक्ष – बस्नेत

समाजमा रहेका सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गरिने बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताएका छन् ।
गाउँपालिकाको वडा नम्वर ८ ले आयोजना गरको जनचेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटेर सबै विभेद र कुसस्कारको अन्त्य गरिने समेत बताए ।
समाजमा वढ्दो वालविवाह, लैगिक हिंसा, छाउपडि पर्था अन्त्यका लागी वडाका विभिन्न स्थानमा बिभिन्न पाँच चरणमा वडा कार्यालयले कार्यक्रम गरेको छ ।
वडा कार्यालयले वालविवाह, जातिय छुवाछुत , छाउपडि प्रथा लैगिंक हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको वडा नम्वर ८ वडा सचिव दुर्गाप्रसाद रिजालले जानकारी दिए ।