जुम्लाको काँचो स्याउ बिक्रिबितरण हुदै ,अपरिपक्क स्याउ बेच्दा जुम्लाको पहिचान गुम्ने खतरा


जुम्ला ः स्याउको राजधानी भनेर चिनिने जुम्लाको पहिचान नै स्याउ हो । पहिलेको चुलनामा यहाँका धेरैजसो कृषकले स्याउ खेती गर्ने गरेका छन् ।जुम्लाको मुख्य आम्दानीको स्रोत भनेकै स्याउ हो । तर स्याउ हरेक बर्ष जस्तै यस बर्ष पनि काँचो र परिपक्क नभएरै विक्रीवितरण हुन थालेको छ ।
यसरी किसानले अपरिपक्क स्याउ बेच्दा जुम्लाको पहिचान गुम्ने खतरा भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । स्याउको गुलियोपना भरिना दिएर परिपक्का स्याउ टिप्न
किसानलाई सल्लाह सुझाब दिएपनि कृषक र व्यापारीले अटेर गर्ने गरेको, कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने भदौ महिनाको दोस्रो सातासम्म स्याउ परिपक्क हुने र गुलियोपना भरिने र रातो रंगदिने गरेपनि यहाँका कृषक हरेक बर्ष काँचै साउन महिनामै टिपेर विक्रीवितरण गर्ने गरेको पाइएको छ । जुम्लाको स्याउ बाहिर जिल्ला विक्रीवितरण तथा निर्यात गर्नका लागि यहाँका गाउँ तथा वडापालिकाले सिफारिस गर्ने व्यवस्था छ ।

तर यहाँका स्थानीय तहको वडा तथा गाउँपालिकाका केही जनप्रतिनिधिले काँचो स्याउ निर्यात गर्नका लागि सिफारिस दिने गरेकाले यो समस्या हरेक बर्ष दोहोरिने गरेको कृषि विज्ञहरुले बताउने गरेका छन् । कृषि विकास कार्यालय जुम्लाले भदौँ महिनाको १० गते भन्दा अगाडी कृषक तथा व्यापारीलाई स्याउ नटिप्न र विक्रीवितरण नगर्न स्थानीय तह तथा सरोकारवाला निकायलाई परिपत्र गरेको छ । यस प्रकारको परिपत्र गर्दा पनि स्याउ विक्रीवितरणका लागि बाहिर जिल्ला सुर्खेत नेपालगज्ज चोरीनिकासी भईरहेको छ । जुम्ला सडक खण्डको हरेक प्रहरी चौकीमा काँचो स्याउ विक्रीवितरणका लागि निर्यात भएको रोक्न परिपत्र गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
काँचो स्याउ ब्यापारीले प्रति केजी ५०÷६० रुपियाँमा खरिद गर्दै

काँचो स्याउँ पनि कृषकको फममा प्रति केजी ५०÷६० रुपियाँमा खरिद गर्ने र सुर्खेत नेपालगज्जामा ११० रुपियाँमा केजीमा विक्री भइरहेको जनाएको छ । स्याउँ परिपक्क र गुलियोपना भरिएर रातो रंग दिएपछि बाहिर जिल्लामा प्रतिकेजी १५० रुपियाँ भन्दा बढी मुल्यमा विक्री हुने सम्भावना रहेको छ । यस्तै यहाँ रैथाने स्याउ सहित उन्नतजातको फुजी स्याउ खेती गर्ने कृषक बढेका छन् । यहाँका झण्डै २३ जना कृषकले ६० हजार फुजी स्याउँको विरुवा रोपेर उन्नतजातको फुजी स्याउँ खेती गर्दै आएका छन् । फुजी स्याउँ खेतीमा सरकारले पनि अनुदान दिदै आएका छ ।
स्याउ खेतीको क्षेत्रफल बढ्दै उत्पादन घटदै

३ हजार ८ सय हेक्टर जमीनमा स्याउँ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक रहेको छ । यस मध्ये १ हजार ६ सय हेक्टर जमीनमा स्याउँ खेतीले उत्पादन दिईरहेको छ । यस बर्ष १६ करोड बराबर स्याउँ खेतीबाट आम्दान हुने अपेक्षा गरिएको छ । गतबर्ष झण्डै १२ करोड रुपियाँ बराबरको स्याउ विक्री वितरण भएको तथ्यांक रहेको छ । सय वर्ष स्याउको उत्पादनमा कमी आएको भएपछि स्याउखेतीको क्षेत्रफल बढी भएकाले निर्यातका कम नआउने कृषि विकास कार्यालय जुम्लाकाअनुमान छ । यहाँका कृषक र व्यापारीले काँचो स्याउ हरेक बर्ष विक्रीवितरण गर्दै आएका छन् ।

यसलाई नियमन गर्न आवश्यक रहेको चन्दननाथ नगरपालिका जुम्लका स्याउ किर्षक सरोज शाहीले बताए । उनले भने पाकेको परिपक्क स्याउ विक्री गर्दा आम्दानी राम्रो हुने गर्दछ । उनले थपे महिले उन्नतजातको फुजी स्याउ खेती गरेको छु यो स्याउँ असोज महिनामा मात्रै विक्रीवितरण गर्ने गरेको छु । त्यस्तै काँचो स्याउँ निर्यात हुन थालेपछि प्रहरी चौकीमा रोक्न लगाएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने ,कृषक र व्यापारीलाई पाकेको परिपक्क स्याउँ टिप्न र विक्रीवितरण सुझाए पनि हरेक बर्ष अटेर गर्ने गरेको पाइएको छ । उनले थपे विशेष गरी बजारीकरण ऐन नभएका कारण नियमन निकायलाई नियमन गर्न समस्या भइरहेको छ । अहिले खाली कृषक तथा व्यापारीलाई हामी सचेतना र सुझाव दिदै आएका छन । जुम्लामा १५हजार स्याउका बंगैचा रहेका छन ।