दुइ महिना सम्म डिएनए रिपोर्ट नआउँदा अस्पतालमै थन्कियो बेवारिसे शव

प्रहरी भन्छ अनुसन्धानमा चासो नदिएन भन्ने भ्रम मात्र

जुम्ला ः २०७८ जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक शव भेटिएको थियो । त्यो शब सडेको अवस्थामा प्रहरीले त्र्यो निकाल्योको थियो । त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो। हड्डी मात्र बाँकी थियो। शव नचिनिने अवस्थामा थियो। शवको लम्बाइ, चौडाइ, उचाइ र छातिको भाग हेर्दा चन्दननाथ नगरपालिका ९ का २५ वर्षीय धनगिरीको शारीरिक बनावटसंग मिल्छ भन्दैआफन्तले दाबी गरेका थिए । परिवारले आफ्नै भाइछोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टमको लागि समेत आग्रह गरेका थिए। शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो। केही दिनपछि पोष्टमार्टम भयो। डाक्टर दिएको पोष्टमार्टम रिपोटमा उमेर मेल नखाएपछि प्रहरी कार्यालयले उमेरले तपाइको मान्छेसंग मेल खाएन भेनर आफन्तलाई खवर गरेको थियो ।आफन्त तुलराज गिरीले भने,‘प्रहरीको त्यो जवाफ प्रति शंका उब्जियो। हामी विश्वासमा छैनौँ। यो सरासर पीडित पक्षको आखाँमा छारो हाल्ने काम हो।’
पोष्टमार्टममा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डिएनए परीक्षण गर्न सुझाव दियो। डिएनए गर्दा कुनै फरक पर्दैन्, पोष्टमार्टमको रिपोर्टले उमेरको तलमाथि देखाएपनि डिएनए को रिपोर्ट सही हुन्छ’,प्रहरी प्रमुखको भनाई उदृत गर्दै तुलराजले भने,‘त्यसपछि विधि विधान प्रयोगशाला मार्फत डिएनए परीक्षण गरि पाउँ भनेर पत्नी मिना गिरी र छोरा तिलक गिरी को रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दियौँ। बिडम्बना दुई महिना वित्यो। डिएनए रिपोर्ट आएन। परिवार रिपोर्ट कुरेर बसेका छौँ। प्रहरीले कुनै चासो दिएको छैन। उल्टै गैरजिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ।’आफन्तजनले पटक पटक गुनासो सुन्ने अधिकारी समक्ष डिएनए रिपोर्टका बारेमा जानकारी लिने प्रयास गरे। प्रहरीले रिपोर्ट नआएको भन्दै पटक पटक फर्कायो । निवेदन दिँदा अधिकतम एक महिना भित्र रिपोर्ट आएर टुंगो लाग्ने बताइएको थियो। यहाँ दुई महिना वितिसक्यो। रिपोर्ट आइसकेको छैन। यो अलमल भयो, परिवारले शंका गरिरहेको छ। आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरासंग जोडिएर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताएका छन्। हड्डी मात्रै भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्था बगेर आइरहेको स्थानीय बताउँछन्। त्यो शवको हकदावी कसैको पनि परेको छैन। उनले भने,‘यो शवलाई बेवारिसे शवका रुपमा प्रमाणित गर्न खोजिदैछ। यो मान्य हुने छैन। छिटो भन्दा छिटो डिएनए परीक्षणको रिपोर्ट ल्याएर परिवारको पीडामा मलहम लगाउनुपर्छ।’
प्रहरी भन्छ अनुसन्धानमा चासो नदिएन भन्ने भ्रम मात्र
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले भने प्रहरी यस बिषयमा गम्भिर बनेको बताए । उनले भने प्रहरीले अनुसन्धानमा चासो नदिएन भन्ने भ्रम मात्रै हो । यस बिषयमा प्रहरील आफ्नो तर्फबाट काम गरेको छ । पीडितले दिएको उजुरीका आधारमा यिब्यक्तीलाई प्रकाउ गरेर ल्याएको छ । डिएनए रिपोर्ट नआएकाले शब लाई प्रतिष्ठानको शब गृहमा राखीएको छ । कोरोनाको महामारीमै हामीले डिएनए रिपोर्ट सम्बन्धीत ठाउमा पठाएका छौ । पीडीतले प्रहरी संग आसंका गर्ने कुनै कारण छै । हामी जहिलेनी पीडितकै पक्षमा छौ । तर डिएनए रिपोर्ट नआएकाल दुई महिनादेखि शव अस्पतालको शव गृहमा राखिएको छ।

जुम्ला चन्दननाथ नगरपालिका ९ बयालकाटियाका २५ वर्षीय धन गिरी निर्माण सामग्री लिएर गुठिचौर गाउँपालिकाको मणिसाघुँ तिर लाग्दै थिए। उनी चन्दननाथ नगरपालिका ५ का रेणु शाहीको टयाक्टर चलाउँथे। निर्माण सामग्री सरीया सिमेन्ट लिएर गएका उनी घर फर्केनन्। न अहिले सम्म चालक गिरी घर फर्किएका छन्। नत कुनै ठाउँमा रहेको खबर छ। अहिले सम्म सम्पर्कविहीन छन्। न सास पाइएको छ। नत लाश नै। धन गिरीका आफन्तले एक हप्ताभित्र घटनाको सत्यतथ्य प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन्। पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न पनि आग्रह गरेका छन्।

प्रहरीबाट एक हप्ताभित्र चित्तबुझ्दो जवाफ आउन नसकेको खण्डमा उत्पन्न हुने जोखिमपूर्ण स्थितीको जवाफदेही स्वयं प्रहरी नै हुनु पर्ने चेतावनी दिएका छन्। दाजु भैर गिरीले तत्काल शवको विषयमा टुंगो लगाउन र घटनाको सत्यतथ्य विवरण सार्वजनिक गरि पीडितलाई न्यायको अनुभूति गराउन आग्रह गरेका छन्। गत असोज १५ गतेदेखि उनी सम्पर्कविहीन छन्। परिवारले अपहरण गरि बेपत्ता पारेको भन्दै गुठिचौर गाउँपालिका बस्ने भोटे भनिने विमल महत, दन्दबहादुर भण्डारी, सागर गिरी र बिनोद गिरीको नाममा मुद्दा दिएका छन्। उनीहरुले चालक धन गिरीलाई जबरजस्ती ट्याक्टर रोक्न लगाई हातपात गरि ढुंगामुढा गरेर अलपत्र पारेका दाबी गरेका छन्। चालक जीवित छन् या मृतक अहिले सम्म पत्तो लागेको छैन। प्रहरीले यो घटनाको अनुसन्धानमा चरम लापरबाही गरिरहेको परिवारको दुखेसो छ। उनीहरुले सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरेका छन्। तर प्रहरी चासो लगाएर यो घटनाको अन्तर्यमा पुग्न सकेको छैन।

सम्बन्धित समाचार