प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन
वीरेन्द्रनगरः कर्णाली प्रदेश अस्पतालको सेवा प्रवाहको बारेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी लिएका छन् । मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेश अस्पतालको सेवाबारे जानकारी लिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्रीज्यूले आगामी दिनमा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य सामग्री खरिद लगायतको आवश्यक नयाँ कार्यक्रमतय गरी बजेट माग गर्न अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई निर्देशन दिइएको हो ।
कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रुपमा विकास गर्न सरकार लागिरहेको मुख्यमन्त्री शाहीले बताए । सो क्रममा मुख्यमन्त्रीसहित कर्णाली प्रदेशका प्रमुख सचिव र सम्पूर्ण मन्त्रालयका सचिवहरुले प्रदेश अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।








