बल्ल जोडियो जुम्ला, राष्ट्रिय प्रसारण लाईनमा

जुम्ला ः नेपाल विधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जुम्ला बल्ल जोडिएको छ । नेपाल विधुत प्राधिकरण जुम्लाले राष्ट्रिय प्रसारण विधुत लाईन जोडिएको बताएको छ । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाईनमा आइतबारमात्रै जोडिएको हो ।उनले प्राधिकरणले कालिकोट जिल्लाबाट अहिले तत्कालका लागि ११ केभी लाईन जुम्ला जोडि बत्ती बलेको बताए । प्राधिकरणले कालिकोट लाईन पुग्ने बित्तिकै जुम्ला चाडै जोड्ने लक्ष्य अनुसार तीब्र गतिमा काम गरिरहेको थियो ।
अहिले सम्म लोडसिडिङको चर्कोमारमा परेका जुम्ली जन्ताले प्राधिकरणले प्रसारण लाईन जोडेपछि विधुतको समस्या केही हल हुन्छ भन्ने आशा गरेका छन ।जुम्लामा स्थानीय तथा सरोरकारवाला निकायहरुले सामाजिक सञ्जालमा समेत उत्साह थपेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले लामो संघर्ष पछि जुम्लामा प्रसारणलाईन जोडिएकोमा खुशी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । सांसद महतले लामो समयदेखी संसदमा विधुत प्रसारण लाईन कर्णाली र जुम्लामा जोड्न संसमै माग गर्दै आएका थिए ।
जुम्ला क्षेत्र नम्बर (क) का सांसद तथा कर्णाली सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जुम्ला जिल्ला राष्ट्रिय विधुत प्राधिकरणमा जोडिएको भन्दै ऐतिहासिक महत्वको बहुप्रतिक्षित कार्यमा योगदान गर्ने समस्त व्यक्तिहरुमा हार्दिक आभार व्यक्त गर्दै खुशी साट्नु भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले केन्द्रीय विधुत लाईन जोडिएकोमा खुशी व्यक्त गरे । उनले नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले राष्ट्रिय प्रसारणले यहाँको विकासमा थप आशा जगाएको बताए ।
नेपाल विधुत प्राधिकरण जुम्लाका प्रमुख पाण्डेका अनुसार अव जुम्ला सदरमुकाममा विधुत जोडन सफल भएकोमा सहयोगी सवैलाई धन्यवाद ज्ञापन गरे । सदरमुकाम बत्ति बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाडै जोड्ने प्रयासमा प्राधिकरण रहेको बताए । प्राधिकरणले यस आर्थिक वर्ष तहका सबै स्थानहरुमा पुर्याउने लक्ष्य रहेको छ ।
विधुतले यहाँको विकास र समृद्धिमा जोड दिनेमा स्थानीय आशावादी छन् । वि.सं २०४० सालमा २२० किलोवाटको घुघुत्तिबाट निकालिएको विधुतले काम चलाउ गरिएको जुम्ला विधुत प्रसारणलाईनको बहुप्रतिक्षामा रहेको थियो । विधुतनै नहुदा ठूला लगानीका उद्योग तथा व्यवसायहरुमा समेत लगानी गर्न समेत सकिएको थिएन ।
प्राधिकरणले जुम्लाका लागि ३३ केभीको लाईन दैलख कालिकोट हुदै बिस्तारमा पनि जोड दिदै आएको छ । प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु( १५० किमी, दुल्लु कालिकोट (६० किमी) र कालिकोट जुम्ला ८० किलोमिटरमा ३३ केभको लाईन जोड काम भईरहेको छ ।