परियोजनाका गतिविधि र आगामी बजेट सम्बन्धी छलफल गर्न सेडा नेपाल ग्रमिण बस्तीमा
जुम्ला ः प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बिभिन्न क्षेत्रमा काम गर्दै आएको सेडा नेपालले परियोजनाका मुख्य गतिविधि र आगामी बजेट सम्बन्धी छलफल गरेको छ । दिगो तथा न्यायोचित विकास प्रतिष्ठान (सेडा नेपालले अहिले सम्म गर्दै आएका काम र आगामी दिनमा गरिने कामको बिषयमा जानकारी दिन जुम्लाको ग्रामिण बस्तीमा पुगेको हो ।
सेडा नेपालले घर बलियो जगले, रास्ट्र बलिय प्रारम्भिक बालबिकासले भन्ने मुल नाराका साथ पालिका स्तरीय परियोजनाको परिचयात्मक कार्यक्रम गरेको छ । यही १४ गते हिमा गाउँ पालिकामा १५ गते सिंजा गाउँ पालिकाको नराकोटमा परियोजनाको परिचयात्मक कार्यक्रम गरिएको सेडा नेपालका लेखा अधिकृत दिपेन्द्र बढुवालले बताए । उनले भने प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र दिगो तथा न्यायोचित विकास प्रतिष्ठान (सेडा नेपाल )जुम्लाको आयोजनामा किर्डाक नेपाल ,क्याड नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालित विभिन्न परियोजना हरूको संयुक्त परिचयात्मक कार्यक्रम गरिएको छ।
उनले भने यस संस्थाबाट संञ्चालन हुने कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन गराउनका लागी सम्बन्धीत पालिका स्तरीय सरोकारवाला निकायसंग छलफल गरिएको छ । यस संस्थाबाट यस अघि लागु भएका परियोजनाले ल्याएको परिबर्तन र आगामी दिनमा सुधार गर्नु पर्ने पक्षको बारेमा छलफल समेत गरिएको छ । लेखा अधिकृत बढुवालले भने , हिमा र सिजा गाउपालिकाका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत ,स्वास्थ संयोजक, शिक्षा शाखा , महिला तथा बालबालिका शाखाका प्रमुख र जनप्रतिनिधिको सहभागीतामा छलफल भएको छ ।








