जुम्लाका विपन्न वर्गलाई कुखुरा र लैकाटका चल्ला सहयोग

जुम्ला ः जुम्लाका विपन्न वर्गलाई कुखुरा र लैकाटका चल्ला सहयोग गरिएको छ । उनिहरुको आयआर्जन गर्नका लागि सर्वाेदलय नेपाल जुम्लाको सहजीकरणमा एफआरएल÷कारितास इटाली र तिला, तातोपानी र पातारासी गाउँपालिकाको सहयोगमा विपन्न वर्गलाई चल्ला सहयोग गरिएको हो ।त्यस्तै पातारासी १५, तिलाका ७ र तातोपानी गाउँपालिकाका २७ घरधुरीका बिपन्नलाई चल्ला बितरण गरिएको छ । प्रतिघरधुरी १५ चल्लाका दरले विपन्न व्यक्तिको आर्थिक अवस्था सुधारन कुखुराका चल्ला वितरण गरिएको सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए । उनले भने व्यवसायिक रुपमा कुखुरा पालन गरी विपन्न वर्गको आयआर्जनमा सहयोग पुगाउने हाम्रो लक्ष्य हो ।
यस्तै तिला गाँउपालिका छुईमुक्त तथा साक्षरकता कक्षा कार्यक्रम अन्तरगर्त एफआरएल र तिला गाउँपालिकाको सहयोग र सर्बाेदय नेपाल जुम्लाको सहजीकरणमा तिला गाउँपालिकाका ९० घरधुरीलाई लैकाटका चल्ला वितरण गरिएको छ । प्रत्येक घरधुरीलाई ३ वटा चल्लाका दरले २ सय २७ लैकाटका चल्ला वितरण गरिएको हो । जुम्लामा पहिला कुखुरा पालन मात्रै गर्ने चलन भएपनि पछिल्लो समयमा पंक्षीको नयाँ नयाँ प्रजाती हाँस, लैकाट, बट्टाई पालन गर्ने गरेका छन् ।
सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक खत्रीले भने पंक्षीको मासु बढी खपत हुने गरेको छ । पंक्षीको सेतो मासु खादा सुगर रोग भएका व्यक्तिहरुलाई असर नगर्ने भएकाले पनि बढी पंक्षीको मासु बढी खपत हुने गरेको उनले बताए । यसबाट व्यवसायिक रुपमा पंक्षी पालन गर्नेले आम्दानी लिने गरेका छन् ।