बाढिले बगाएर पातारासीकी एक महिलाको मृत्यू
जुम्ला ः बाढिले बगाएर पातारासीकी एक महिलाको मृत्यु भएको छ । पातारासीको छुमचौरमा भिषण बर्षा पछिको बाढिले घट्ट गएकी महिलालाई बगाएको हो । पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ बर्षिय सर्मिला बुढाको अपांगता भएकी ब्यक्ति पनि हुन । भिषण बाढिले घट्टनै बगाउदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले भने तिनि महिला शारीरिक रुपमा अपांगता थिइन । उनले भने उनी बोल्न नसक्ने थिइन ।पातारासी गाउँपालिका वडाध्यक्ष विर्खराम वोहोराले भने बाढि आएपछि दौडन नसकेर बगाएको बताए । वडाध्यक्ष वोहोराल भिषण बर्षा हुदा महिलाको बगाएर मृत्यू भएको बताए । उनि सँगै घट्टमा गएका अन्य २ जना महिला भने भागेर बच्न सफल भएका छन । स्थानीय मुनसोभा बोहरा र जसकला रावत घट्ट वाहिर निस्केर बाच्न सफल भएका हुन् ।
बगाएर मृत्यू भएकी महिलाको भने शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष वोहोराले जानकारी दिए । यता घटना स्थलमा प्रहरीले मुचुल्का उठाएको पातारासीका स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । यसैगरी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोरा र उपाध्यक्ष पुन्नकली महताराको टिम पनि घटना क्षेत्रमा पुगे थियो । धेरैबर्ष भएपछि आएको बाढिले ६,७ वटा घट्ट, २० बढि चौपाया र एक हेक्टर भन्दा बढि बालीनाली र जग्गाको क्षेति भएको वडाध्यक्ष बोहोराले बताए । उनका अनुसार वडा नम्बर २ र ३ जोडने काठेपुल समेत बगाउदा आवत जावत कठिन भएको छ ।








