जुम्लाबाट १ अर्ब १३ करोड रकम खर्च हुन नसकेर फ्रिज

जुम्ला ः जुम्लामा विनियोजित बजेट खर्च हुन नसकेर फ्रिज हुने क्रम जारीनै रहेको छ ।जुम्लाबाट १ अर्ब बढी बजेट खर्च हुन सकेर फिर्ता भएको छ । जुम्लाका एक नगरपालिका सहित ७ वटा गाउँपालिकाले खर्च गर्न नसकेर १ अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फिर्ता भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा पुजिगत तर्फ बिनियोजित कुल २ अर्ब ३१ करोड ३२ लाख ६० हजार मध्य असार समान्त सम्म १ अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात ६३ दशमल ८६ प्रतिशत रकम खर्च भएको छ । त्यस्तै पुजिगत तर्फको कुल विनियोजित बजेट मध्य ८३ करोड ५९ लाख ३० हजार अर्थात ३६ प्रतिशत बजेट खर्च हुन सकेर राज्यकोषमा फिर्ता भएको कोष नियन्त्रणक लक्ष्मीदत्त चौलागाईले बताए । उनले भने ,“विगतका तुलनामा विकास बजेट धेरै फ्रिज भयो । तर महामारीका बीच पनि बजेट खर्च राम्रै हो ।

तर विकास बजेट खर्च हुन नसकेर बजेट फिर्ता हुनु दुखद पक्ष हो ।” कोलेनिको तथ्यांक अनुसार असार महिनामा मात्रै ६६ करोड ८६ लाख ५२ हजार ६ सय रुपैया पुजिगत तर्फ खर्च भएको छ । असारमै बजेट खर्चको दर हेर्दा असारे विकासको लहर अन्त्य कुरामै सिमित भएको स्पष्ट छ ।त्यस्तै, चालुतर्फ विनियोजित ५ अर्ब ३० करोड ८ लाख ४५ हजार मध्य असार सम्म ४ अर्ब ७३ करोड ८४ लाख ९ हजार रुपैया अर्थात ९४ प्रतिशत बजेट खर्च भएको छ । भने, चालु तर्फकै पनि २९ करोड ९९ लाख ९५ हजार अर्थात विनियोजित बजेटको ६ प्र्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको कोष नियन्त्रक लक्ष्मीदत्त चौलागाईले बताए । उनका अनुसार चालु तर्फको ६५ करोड ६१ लाख ४ हजार रुपैया असार महिनामा मात्रै खर्च भएको छ । स्थानीय तह तथा विषयगत कार्यालयहरुले खर्च गरेको विवरण उपलब्ध नगराएका कारण कुन तहको कति खर्च हुन सकेन् कसले कति खर्च गर्याे भन्ने विवरण कोलेनिकामा भएको कोष नियन्त्रक चौलागाईले बताए ।