१४ करोड लागतमा निर्माणाधिन भेरीको पुल ५ वर्षदेखि अलपत्र

सुर्खेत । निर्माण थालिएको ५ वर्ष भइसक्दा पनि भेरी नदीको पुल सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश र प्रदेश ५ जोड्ने पुलका दुईवटा पिल्लर मात्रै ठडिएका छन् ।
०६९ असार २९ मा पप्पु र मल्ल जेभी कन्स्ट्रक्सनले पुल निर्माण कार्यको जिम्मा लिएको थियो ।
तीन वर्षमा पुल बनाइसक्नुपर्ने भए पनि हालसम्म २५ प्रतिशतमात्र काम सकिएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ ।
पुलका लागि निर्माण कम्पनीसँग १४ करोड २९ लाख ८९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयले जनायो ।
सम्झौताअनुसार निर्माण कम्पनीले पुलको काम ०७२ असारमा सक्नुपर्ने थियो । पुलको ओपन फाउण्डेशनको काम सकिएको डिभिजन सडक सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।
बीचको र रानीघाट तर्फको ओयल पिलर करिब आधा आधा भएको उनले जनाए । निर्माण व्यवसायीले पिलरको आसनमा चट्टान भेटिएकाले ढिलाइ भएको र यसको डिजाइन नै बदल्नुपर्ने बताउँदै आएको थियो ।
निर्माण कम्पनीले सुरुमा पिलरको फेदमा कडा चट्टान भएको भने पनि माटो परीक्षण गर्दा त्यस्तो नपाइएको सडक कार्यालयले जनाएको छ ।
’हामीले तत्काल काम सुरु गर्न निर्देशन दिइसकिएका छौं, उनीहरूले डिजाइन परिवर्तनका लागि पत्राचार गरिरहेका छन्,’ उनले भने, ’पहिले ओयल फाउण्डेसनमा काम भइरहेकोमा अब पाइल फाउण्डेसनमा काम गर्न पाउने माग गरेका छन् । निर्माण कम्पनीले तत्काल काम सुरु नगरे ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रिया सुरु गरिने उनको भनाइ छ । अहिलेसम्म निर्माण कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।

( कान्तिपुरबाट सभार)

सम्बन्धित समाचार