मेलमिलाप कर्ताहरुलाई कानुनी ज्ञान सिकाउदै न्यायिक समिति
जुम्ला ः हिमागाउपालिकाले पालिका भरी रहेका मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण गराएको छ । गाउपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक हिमाली रोकायाको संयोजकत्वमा र अध्यक्ष रजबहादुर शाहीको अध्यक्षतामा कार्यक्रम गरी वडा भरीका ४० जना मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरताका बारेमा प्रशिक्षित गरिएको हो ।
समाजमा हुने साना तिना झैझगडाको बाताबरण सृजना हुनै नदिने गरी मेलमिलापकर्ताहरुले भुमिका खेल्नु पर्ने भएकाले उनीहरुको लागी यस्तो तालिम दिइएको उपप्रमुख तथा न्यायीक समितिका संयोजक हिमाली रोकायाले बताइन । उनले भनिन , सोहि कार्यक्रममा अधिभक्ता देबेन्द्र शर्मा र महिला अधिकारकर्मी तथा लेखक लक्ष्मी कन्या बुढाले मेलमिलापकर्ताहरुलाई निश्पक्ष रुपमा दुवै पक्षको जित हुनेगरी मिलापत्र गरेर विवाद निरुपणमा लाग्न आग्रह गरेका थिए ।
गाउँ समाजमा हुने झैझगडा र बिबादहरुलाई मेलमिलापको माध्यमबाट विबाद समाधान गर्ने गरी मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिईएको हिमागाउपालिकाका कानुनी सल्लाहकार तथा अधिभक्ता देबेन्द्र शर्माले बताए । सो अभिमुखिकरण कार्यक्रममा मेलमिलापकर्ताहरुको लागी विवाद मिलापत्र लिखत तयार सम्बन्धि विभिन्न कुराहरुको बारेमा कानुनी प्रावधान लगायतका बारेमा प्रशिक्षण दिइएको छ ।
दुइदिने तालिममा मेलमिलाप कर्ताले पालन गर्नु पर्ने आचार संहिता मेलमिलापकर्ताले ऐनको दफा र ,मेलमिलापको लागि स्थानीय निकाय समक्ष मुद्दा पठाउन सक्नेः ऐनको दफा को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम अदालत वा अर्धन्यायिक निकायले आफु समक्ष विचाराधीन रहेको कुनै मुद्दा मेलमिलापको लागि स्थानीय निकायमा पठाउँदा बढीमा तीन महिनाको अवधि तोकी पठाउनु पर्ने लगायतका कानुनी ज्ञान दिइको उपप्रमुख तथा न्यायीक समितिका संयोजक हिमाली रोकायाले बताइन । उनले भनिन पक्कै पनि यो कानुनी ज्ञानले भेलीका दिनमा मेलमिलापकर्तालाई कुशेढुङगा सकवित हुने छ । यहि असार २५ र २६ गते संञ्चालन भएको वडास्तरिय मेलमिलापकार्ताको क्षामता अभिबृद्धी सम्बन्धी तालिमका सबै सहभागीलाई सम्मन स्वरुप प्रमान पत्र दिइएको छ ।











