महिलालाई स्वरोजगार बनाउन सिप सिकाउदै चन्दननाथ नगरपालिका

जुम्ला ः जुम्लाका महिलालाई स्वरोजगार बनाउन चन्दननाथ नगरपालिकाले सिपमुलक तालिम दिन थालेको छ । उपमेयर रोजगार कार्यक्रम मार्फत १५ जना महिलालाई सिपमूलक तालिम प्रदान गरेकोे छ । नगरपालिकाले न्युन आएभएका महिलालाई २ महिने सिलाइकटाइ तालिम प्रदान गरेको नगरपालिकाका उपमेयर अप्सरा देबी न्यौपाने (महतले ) बताइन । उनले भनिन ,नगरपालिका भरीका महिलालाई यस्तो कार्यक्रमका दिइएको हो । उपमेयर न्यौपानेले सिलाई कटाई पेशाबाट महिलाहरुलाई आत्म निर्भर बनाउनका लागी तालिम दिइएको हो । हाम्रो उद्देश्य महिलालाई महिला उद्यमी बनाउने हो । जसका कारण महिलाहरुले सिलाई कटाई पेशाबाटै घर खर्च चलाउन सकुन आत्मा निर्भर बनुन भन्ने नै हो । नेपाल जस्तो पुरुष प्रधान देशमा पुरुषले कमाउने र घर परिवार, जहानलाई पाल्नुपर्छ भन्ने संकुचित बिचारलाई चिर्नकै लागी भएपनि महिला आत्मा निर्भर बन्न जरुरी छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेलले भने , सिप सिकेर ब्यवाहारमा लागु गर्नु होस । भोलीका दिनमा महिलाले एक चक्की सावुन किन्नका लागी श्रीमानको भरपर्ने दिन नआहोस । उद्येमी बन्नु होस आफ्नै पसल सञ्चालन गर्नु होस
चन्दननाथ नगरपालिकाका शिक्षा शाखाका प्रमुख खडा नन्द चौलागाईले भने , तालिम पछि मेसिन घरमा लगेर थन्क्याउने प्रबिधि छ । हामी महिला ब्यवसायिक भएको हेर्न चाहान्छौ । उनले भने , उद्यमशील बनेर मनग्यआम्दानी गर्न अनुरोध गरे ।यसले गर्दा महिलाहरुले पुरुषले जस्तै कमाउन सक्छन् भन्ने उदाहरण समेत यो तालिम लिएका महिलाहरु बन्नु पर्छ । अनिमात्रै हाम्रो लगानीले सार्थक पाउने छ ।

त्यस्तै महिलाहरुले घरबाट बाहिर निस्कन समेत हुन्न भन्ने समाजको मानसिकता भत्काउनका लागी भएपनि महिला आत्मनिर्भर बन्न जरुरी रहेको महिला अधिकार केन्द्र नेपालकी अध्यक्ष सुकमाया शाहीले बताइन । उनले भनिन ,महिलाहरुले अवसर पाएको खण्डमा पुरुष सम्मन काम गर्न सक्छन । उनी भन्छिन पछिल्लो समय समाज तथा महिलाहरु शिक्षित बन्दै गएपछि महिलाले स्वयम आत्म निर्भर बन्ने केही अवसर पाएका छन् ।
तालिमको समापन कार्यक्रममा चन्दनाथ नगरपालिकाका महिला शाखाका प्रमुख माया शाहीले तालिम लिएर आफै स्वरोजगार तथा रोजगार बन्न सकुन् भन्ने उद्देश्यले सिपमूलक तालिमहरु सञ्चालन गरिएको बताइन । उनले भनिन ,एक पटक तालिममा सहभागि भइसकेकाले सिकेको सिप अरुलाई पनि सिकाउन आग्रह गरिन । दुइ महिने तालिम लिएका महिलालाई प्रमाण पत्र,सिलाई कटाइका लागी चाहिने मेसिन,लगायतका आबश्यक औजारहरु दिइएको छ ।