जनजाति महिलाको अक्षर चिन्ने धोको पुरा

जुम्ला ः जुम्लामा बसोबास गर्ने जनजाति महिला मिनजुन तामाङको अक्षर चिन्ने धोको पुरा भएको छ । उनलाई पहिला कालो अक्षर भौसी बराबर थियो । अहिले आफ्नो नाम लेख्ने कखरा पढ्न सक्ने भएकी छन। उनी जस्तै जुम्लामा बसोबास गर्ने एक सय भन्दा बढी जनजाति महिला अक्षेर चिन्ने भएका छन । महिला साक्षर भए परिवारैलाई पढ्न प्रेरित गर्ने भएकाले जनजाति महिलाका लागि ३ महिने साक्षरता कार्यक्रम राखिएको चन्ननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महत) ले बताईन । उनले भनिन उपमेयर संग महिला कार्यक्रम मार्फत साक्षरता कक्ष दिइएको हो । त्यस्तै जनजाति महिलाका प्रतिनिधि छिरिङ लामु लामा तामाङ्गले भनिनि जनजाति महलिाले बल्ल अक्षरसँग साइनो जोडिएको छन । ’यो कार्यक्रमले नाम लेख्न र जोड–घटाउ गर्न सक्ने बनाउने भएका छन ।’

चन्दननाथ नगरपालिकाभित्र रहेका जनजाति महिलाहरूलाई लक्षित गरी साक्षरता अभिवृद्धि कार्यक्रमको आयोजक दि हिमालयन पिस एसोसिएसन जुम्ला रहेको थियो । सामान्य लेखपढ पनि गर्न नजान्ने महिलाहरूलाई लक्षित गरी ३ महिनाको लागि साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको चन्दननाथ नगरपालिकाका शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाइले बताए । उनले भने ,चन्दननाथ नगरपालिका जुम्लाको सहयोगमा झण्डै सय भन्दा बढी जनजाति महिला यो कार्यक्रमबाट साक्षर भएका छन । उनले भने आफ्नो नामसमेत लेख्न नजाने र मोबाइलमा आएको फोन नम्बर पनि नचिन्ने महिला लाई लक्षित गरी कार्यक्रम संचालन गरिएको हो ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पौडेलले भने यो कार्यक्रमले जनजाति महिलामा रहेको निरक्षर दर कम भएको छ । त्यस्तै उपमेयर न्यौपानेले भनिन शिक्षा पाएपछि रोजगार र आत्मनिर्भर हुन सिकाउने भएकाले जनतासँग उपमेयर कार्यक्रमबाट जनजाति महिलालाई साक्षर कक्षा दिइएको हो । जुम्लामा रहेका अधिकांश जनजाति महिलाले आफ्नो नाम पनि लेख्न नसक्ने थिए । तर ३ महिनाको अवधिमा उनीहरु नाम लेख्न सक्ने , अक्षर चिन्नेर सामान्य लेखपढ गर्न भएका छन। यि महिलाले यो कक्षा संगै ठुक्कले आफ्नो परिचय दिन डसक्ने भएका छन । साक्षरता कक्षाले जनजाति महिलाको आत्मबल पनि बढाएको छ । साक्षरताले महिलालाई घर र समाजमा सम्मानित पनि महसुस गराएको छ। साक्षरता अभियानले जुम्लाका जनजाति महिलाका लागि ठूलो अवसर भएको छ ।’