जन्ताको आबश्यकताको आधारमा बजेटको ब्यवस्था गर्छु ः मन्त्री श्रेष्ठ
जुम्ला ः जन्ताको आबश्यकताको आधारमा बजेट ल्याउने ब्यवस्था गर्ने जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले बताए । उनले बुधबार प्रेसगुनियनले आयोजना गरको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले भने विद्युतको पहुँच नपुगेको बस्तीलाई केन्द्रीत गर्दै बस्ती उज्यालो कार्यक्रम सञ्चालन गर्ने छौ । मन्त्री दिनबन्धु श्रेष्ठले एक जिल्लाको ८० देखी यस घर दुरी रहेको बस्तीलाई सौर्यउर्जा मार्फत बत्ती दिने प्रतिबद्धता गरेका छन। विद्युत उत्पादनको लागि जलस्रोतको संभावना नरहेको र जसका कारण अन्धकार झेल्नु पर्ने बस्तीको पहिचान गरेर सौर्य उर्जा मार्फत बस्ती उज्यालो बनाउने कार्यको थालनी गर्न लागेको बताए ।
जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले आगामी ६ महिना भित्र कर्णालीमा विद्युतको पहुँच नपुगेको बस्तीमा सौर्य उर्जाको विजुली बल्ने बताए । उनले जुम्लाले बारम्बार लोडसिलिङको चर्को मार खेपी रहेको अवस्थाको निवारणका लागि बस्ती उज्यालो कार्यक्रमले राहत मिल्ने छ । जलस्रोत तथा उर्जा विकासमन्त्री श्रेष्ठले भने त्यही बस्ती उज्यालो कार्यक्रमको लागि दुई करोड रुपैयाँ विनियोजन भइसकेको छ ।
रकम नपुगेको खण्डमा थपेर पनि काम अघि बढाउने बताए । कर्णालीका दस वटै जिल्लाका सदरमुकाममा सोलार प्लान्ट राखिने छ । यो कार्यक्रम सञ्चालन गर्न बजेट पास हुने वित्तिकै विज्ञ संग छलफल चलाउँछौँ । मापदण्ड तयार पार्छौँ । बस्तीको पहिचान गछौँ, उनले भने,‘लामो समयदेखि अन्धकार खेपिरहेका कर्णालीबासीलाई उज्यालो प्रदान गर्छौँ । ’
त्यस्तै मन्त्री श्रेष्ठले कर्णालीमा छरिएर रहेका माइक्रो हाइड्रोलाई एकिकृत गरेर उर्जा क्षेत्रलाई प्रभावकारी बनाउने बताए । उनले मन्त्रीको जिम्मेवारी लिएपछि सुझाव संकलनका लागी गृहजिल्ला पुगेको बताए । उनले भने कहिले नहर भत्कने त कहिले पहिरो जाने,बत्तिको पोल नहुने र तारको व्यवस्थापन नहुने समस्याले ग्रस्त छन ।
मन्त्री श्रेष्ठले थपे,‘करोडौँ रकम खर्च गरेर बनाउनु पर्ने अवस्था कायमै छ ।उनले यस अघि उर्जा विकासमन्त्री श्रेष्ठले सुर्खेतको भेरिबबइमा ८ मेगावट र जुम्लाको तिला र हिमानदिको संगमस्थल नाग्ममा २० मेगावटको विद्युत निर्माण कार्य अघि बढाइने बताए । यी आयोजनाको लागि संभाव्यता अध्ययन शुरु हुने बताउदै उनले भने,‘यो आयोजनाले कर्णालीको विद्युत क्षेत्रमा निकै प्रभाव राख्नेछन । ’
कर्णालीको हरेक जिल्लामा टार सिँचाइ आयोजना अघि बढाइने भएको छ । यो सिचाइँले यहाँको कृषियोग्य जमिन हराभरा हुने लक्ष्य राखिएको छ । यो कर्णालीको लागि नयाँ काम हुनेछ । उनले भने , आफ्नो मन्त्रलयको जिम्मेवरी दलगत्त र ब्यक्तिगत स्वास्र्थ भन्दा माथी उठेर निबार्हा गरिने छ । बिना योजनाको काम गर्दैनौँ । विना सभाव्यता कुनै योजना अघि बढाउदैनौँ, उनले भने,‘काम अघि बढाएपछि दिगो र प्रभावकारी हुने गरेर अघि बढाउँछौँ ।
मन्त्रालय यस्तो काम प्रति निकै सचेत छ ।उनले भने कर्णालीका हरेक जिल्लामा केन्द्रीय प्रसारण लाईन छिटोछरितो जोड्नको लागि पहल भइरहेको छ । यो कार्यमा सरोकारवाला सबैको साथ चाहिएको छ । ’ नयाँ मन्त्रालय छ । नयाँ संरचना छ । चाहेर पनि धेरै कुरा गर्न सकिने अवस्था छैन । मन्त्री श्रेष्ठले भने,‘आफुले अघि सारेका आयोजनाको काम जसरी पनि पुरा गरेर जाने लक्ष्य राखिएको छ । आफ्नो मन्त्रालयमा कुनै पनि राजनीतिक गन्ध आउन नदिने काम गर्ने प्रतिबद्धता जाहेर गरे ।








