नाग्मा गमगडी राजमार्गको स्तरबृद्धी गर्दा एक परिवार बिस्थापित

जुम्ला ः सिजागाउ पालिका २ चुलेलगाउका दत्त तिरुवाको घर पहिरोको उच्च जोखीममा परेको छ नाग्मा गमगडी राजमार्गको स्तरबृद्धी गर्नका लागी रोडी खन्दा उनको घर पहिरोको जोखीममा परेको हो । सडको बिकास गर्ने नामा मनोमानी खन्दा उक्त स्थानमा पहिरो जोखीम बढेको तिरुवाको गुनासो छ । उनले भने म घर छोडेर छिमेकीको घरमा बस्नु पर्ने अबस्था आईदियो ।पीडित दत्त त्रिरुवाले भने ,राजुसिह कठायतले लिएको ठेक्का हो ।यसरी खनेर राडी लिदा खेतवारी पुरै गयो खानेपानीको ,धारो गयो ,शौचालय पनि जान थालि सक्यो , छिमेकी दलसिहं वडको घर मागेर ७ जनाको परिवार बसालेको छु ।
दुईतलाको ४ कोठेघर पानी आउने बितिकै भत्कीने सम्भावना छ । तिरुवाले भने ,मेरो परिवार लागी बासको आबश्यकता परेको छ । मेरो घरानै जोखीममा पर्ने गरी माटो खन्दा पनि मसंग कुनै समन्वय भएन । एकासी घर अगाडीको खेतबारी गय पछि थाहा भयो ,अबत बस्ने घरनै भत्कीन थालेपछि हाम्रो परिवारको बिस्थापित भएको छ । उनले भने यस बषयमा स्थानिय सरकारसंग निवेदन दिइएको छु । धरै दिन भइसक्यो कुनै सुनाइ भएको छैन ।
यता सिजागाउपालिका दुइका वडा अध्यक्ष नविन शर्माले पीडीतको निवेदन आएकोले ठेकेदार लगायत सम्पुर्णलाई चिठीकाटेर तत्काल छलफल गर्ने बताए । उनले भने , राजमार्गमा हाल्ने रोडीनिकाल्दाखेरी तिरुवाको घर जोखीममा परेको हो ।बिस्थापित तिरुवाको परिवारको लागी के गर्ने भन्ने बिषयमा छलफल पछि मात्रै टुङगो लाग्ने उनको भनाई छ । वडा अध्यक्ष शर्मा भन्छन नागरिक आफै सचेत हुदैन ,पहिला खन्न दिन्छन पहिरोले भत्कीए पछि जोखीममा परेका छौ भनेर निवेदन लिएर आउने गर्दछन ।
नागरिकले नै क्षेणिक स्वास्र्थको लागी गाउनै जोखीममा पार्नेअवस्था निम्त्याउने गरेको देखीएको छ । तर हरेक बिकास निमार्णका काम गर्दा सरोकारवाला निकायले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनका लागि सार्वजनिक सूचना नै जारी गरी प्रारम्भिक अध्ययन गरी बिकास निमार्णमा लाग्न जरुरी छ । त्यसले गर्दा आगामी दिनमा वातावरणीय विनास कम हुने हुन्छ । सडक निर्माणका लागि मात्र धेरै जसो (डोजर) एक्साभेटर प्रयोगमा ल्याउदा यस्तो जोखीम निम्तिने गरेको पाइन्छ ।









