एकल महिलालाई उपाध्यक्ष रोकायाको कोसेली


जुम्ला ः हिमा गाउपालिकाले एकल महिलाई कोसेली दिने गरेको छ । एकल महिला संग उपाध्यक्ष कार्यक्रम अन्तरगत एकल महिलालाई कोसेली दिएको हो । पालिका धेरै एकल महिला र उनीहरूले भोगिरहेको गरिबी, विभेद र अन्यायलाई सम्बोधन गर्नकै लागी एकल महिला संग उपाध्यक्ष कार्यक्रम ल्याएको हिमागाउपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताईन । उनले भनिन ,श्रीमान् गुमाएका÷हराएका÷बेपत्ता पारिएका, सम्बन्धविच्छेद गरेका, बिहे नगरी बसेका एकल महिला र न्युन आएभएका बिद्यार्थीलाई प्रोसान स्वरुप यस्तो कोसेली दिइको हो । उपाध्यक्ष रोकायाले कुनै पनि एकल महिलालाई समाजमा विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि सशक्त गराउनका लागी यस्तो कार्यक्रम सुरु गरिएको बताइन ।

संघियता पछि स्थानियतहमा महिला जनप्रतिनिधि पाएपछि एकल महिलाले राज्य पुगेको केही अनुभुती गरेको बताएका छन । उनीहरुले स्थानिय सरकारले एकल महिलाका लागी प्रथामिकता कार्यक्रम गनुए गौरवको कुरा भएको बताएका छन  । रोकाया भन्छीन ,एकल महिलाको पीडा राम्रोसँग बुझ्नु पर्छ, अनिमात्रै हामी जनप्रतिनिधि भएको सार्थक हुन्छ  । उनले थपिन हामी जनप्रतिनिधिले एकल महिलाका समस्या सम्बोधन गर्नमा नहिचकिचाउनु हुदैन ।श्रीमान्बाट टाढा हुँदैमा वा श्रीमान् गुमाउँदैमा कुनै पनि महिलाको जन्मसिद्ध अधिकार गुम्न नहुने वातावरण र एकल महिलाले उत्तम जीवनयापन गर्न सक्ने अवस्था बनाउनु स्थािनयसरकारको दायित्व हो । उनले भनिन सुत्केरीलाई अण्डा , तेल ,बच्चालाई न्यानो कपडार एक वटा कमल दिइएको छ । त्यस्तै एकल ,पछिउरा दिइएको हो । पोषण,,अवस्था सुधार्न एकल महिलालाई कोसेली कार्यक्रमको थालनी गरिएको छ ।

हिमा गाउपालिका भरिका एकल ,महिला सुत्केरी ,महिला, जेष्ठ नागरिक संग कोसेली लिएर उपाध्यक्ष भेटघाट कार्यक्रम समत गरिएको महिला अधिकारकर्मी लक्ष्मी कन्या बुढाले बताइन । उनले भनिन यो कार्याक्रमले एकल महिला गाउमा सरकार पुगेको महशुस भएको छ । कुनै समय श्रीमानसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिलाप्रति समाजमा भिन्दै दृष्टि राखिन्छ । पति बिछोडिनुको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले एकल महिलाहरूको जीवन नारकीय बन्न गुगेको उदारण दिदै उपाध्यक्ष रोकायाले  समाज र परिवारमा उनीहरूले स्वावलम्बी भई शिर ठाडो पारेर बाँच्न पाउने अधिकार शुनिश्चित गर्नकै लागी महिला जनप्रतिनिधिको खाँचो भएको हो ।

त्यस्तै, कति पय महिला सन्तान जन्माउन नसकी परिवारको दबाबमा पतिले अर्को विवाह गरेपछि छुट्टिएर बस्न बाध्य महिलालाई पनि परिवार तथा पतिबाटै पनि बाँझी, अलच्छिना भन्दै दुव्र्यवहार गरेको हाम्रो समाजमा देखीन्छ । यस्तो व्यवहारका कारण एकल महिला परिवार र समाजमा एक्लिन पुन्ने हुनले एकल महिला संग उपाध्यक्ष कार्यक्रम लागु गरिएको हो ।
डोली चढेर गएकी छोरीको माइती पक्षले स्वीकार गर्दैनन्
त्यस्तै विवाह गरी गएकी छोरीलाई पराई देख्ने समाजले फेरि उनलाई आफ्नो परिवारको सदस्यका रूपमा कहिल्यै अँगाल्न सक्दैन । एकपटक डोली चढेर गएकी छोरीको उक्त घरबाट लास मात्रै निस्कन्छ’ भन्ने मान्यता राख्ने हाम्रो समाजमा एउटी छोरीले विविध कारणवश आफ्ना पतिलाई कानुनी रूपमा त्याग्नुपरेको अवस्थामा समेत माइती पक्षले स्वीकार गर्न नसक्नु सारै लज्जास्पद हो ।पतिबाट कानुनी रूपमा सम्बन्धविच्छेद नभएका तर वैचारिक वा अन्य विविध कारणवश छुट्टीभिन्न भएर बस्ने महिलाहरू कुनै व्यवहारमा न स्वतन्त्र हुन सक्छन् न परिवारबाट सान्त्वना पाउन सक्छन् । एकल महिलालाई समाज, परिवार,आफन्तबाटै मानसिक रूपमा प्रताडित गर्ने गरिन्छ ।एकल महिलाप्रति समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन हुनुपर्छ ।