पातारासीको नीति तथा कार्यक्रमः पर्यटन ,कृषि, र शिक्षालाई प्रथामिकता
जुम्ला ः जुम्लाको पातारासी गाउपालिकाले पर्यटन ,कृषि, र शिक्षालाई प्रथामिकता दिदै निति तथा कार्यक्रम प्रस्तु गरेको छ । पातारासीले बिहिबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । जुम्लाका आठ स्थानीयतह मध्य ६ स्थानीयतहले मात्रै विहिबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अधिकांश स्थानीयतहले विगतको जस्तो नीति कार्यक्रम संगै बजेट भने ल्याएका छैनन् ।
विहिबार चन्दननाथ नगरपालिका संगै तातोपानी,तिला,सिंजा,पातारासी र गुठिचौर गाउँपालिकाले मात्रै नीति कार्यक्रम सार्वजानिक गरेका हुन् । ती मध्य पनि गुठिचौर,पातारासी र सिंजा गाउँपालिकाले भने डल्लो बजेट पनि प्रस्तुत गरेका छन् ।जसमा गुठिचौर गाउँपालिकाले ३२ करोड ९ लाख ४२ हजार र सिंजा गाउँपालिकाले ३३ करोड बजेट आगामी आवका लागि विनियोजन गरेका छन् । साथै पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख ६६ हजार ३सय ४४ रुपैयाको बजेट विनियोजन गरेको छ । विहिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका जुम्लाका स्थानीयतहले भने कृषि, स्वास्थ्य, पर्यटन तथा रोजगारीलाई प्रथामिकता दिएका छन् ।
त्यस्तै पातारासी गाउपालिकाले मडिकल अधिकृतको पढ्ने एक जनालाई सम्पुर्ण खर्च ब्यवस्था गर्ने निती ल्याएको छ । पातारासीमा आहिले सम्म मडिकल अधिकृत पढ्नेको संख्या शुन्य भएपछि पढनेलाई प्रोसान दिन यस्तो निति ल्याएको पातारासी गाउपालिकाका प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए । शिक्षा , स्वास्थ्य , बिधुत ,संञ्चार रोजगार हाम्रो सरोकार कृषी जडिबुटी र पर्यटन समृद्ध पालिका निमाणको मुलआधार भन्ने नागरा सहित निति तथा कार्यक्रम प्रस्तुत गरेका छन । त्यस्तै महामारीलाई नियन्त्रण कृर्षी पर्यटन र रोजगारीलाई प्रथामिकता दिइको पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमान बोहोराले बताए ।
पातारासीले गाउँपालिकाले करिब ४१ करोड १२ लाख ६६ हजार बजेट आगामी आवका लागि विनियोजन गरिएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।विगतको जस्तो जुम्लाका स्थानीयतहले भने, नीति कार्यक्रम र बजेट संगै ल्याएका छैनन् । असार १० गते अनिवार्य स्थानीयतहको नीति कार्यक्रम र बजेट आउनु पर्ने भएपनि प्राविधिक समस्या भएको भन्दै स्थानीयतहले ढिला गरेका छन् ।पातारासीका उपाध्यक्ष पुन्नकली महताराले महिलाका आर्यआर्जनजस्ता कार्यक्रमलाई प्रथामिकता दिइएको बताइन । उनले भनिन ,उनिहरुलाई आत्मा निर्भर बनाउनका लागी यस्ता कार्यक्रम संञ्चालन गर्न लागीएको हो ।








