कोभिड संकट व्यवस्थापन समितिको बैठक ः जुम्लामा एकसाता निषेधाज्ञा थप

जुम्लामा एकसाता निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको संक्रमाण दर समुदाय स्तरमा तिव्र रुपमा फैलिए पछि नियन्त्रण गर्न कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयले एकसाता अर्थात ३१ जेठ राती १२ बजेदेखि असार ७ गते राती १२ बजेसम्म थप निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार कोभिड १९ संक्रमणको दोस्रो लहर समुदायस्तरसम्म फैलिएको हुदा रोकथाम तथा नियन्त्रणका लागि वडास्तरमा सर्वपक्षिय सर्वदलिय संयन्त्र बनाई सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

यस्तै जिल्ला बाहिरका संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको दानसाँघुमा दाहसंस्कार गर्ने निर्णय भएको छ ।गुठीचौर, पातारासी, हिमा ,कनकासुन्दरी र सिंजा गाउँपालिकाका संक्रमणबाट मृत्यु भएमा चन्दननाथ नगरपालिकाको दानसाँघु देखि तिला गाउँपालिकाको रारालिहिसम्म दाहसंस्कार गर्ने निर्णय भएको छ ।