महिला पत्रकारका लागी क्षमता अभिबृद्धी गर्ने खालका कार्यक्रम ल्याउने तयारी छ ः कानूनमन्त्री नेपाली

जुम्ला ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले महिला पत्रकारका लागी क्षमता अबृद्धी गर्ने खालका कार्यक्रम ल्याउने तयारी गरिएको बताइन । उनले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या कम रहेको बताउदै , उनीहरुका लागी थप कार्यक्रम ल्याउने बताइन । उनले महिला पत्रकार विवाहा पछि घरपरिवारले सपोट नगरेकै कारण पत्रकारीता पेसा छोड्न बाध्य हुने बताइन ।

कर्णालीमा आमसञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताइन । मन्त्री नेपालीले , मिडिया एक्सन नेपालले पत्रकार आचारसंहिता र मिडियाप्रतिको विश्वसनियता विषयमा गरेको भर्चुअल कार्यक्रममा पहिलेको तुलनामा महिला पत्रकारहरुको सहभागिता संख्या बढेको देख्दा खुशी भएको प्रतिक्रिया दिइन । उनले बिस्तारै विवाहपछि पत्रकारिता छोड्ने समस्या कसरी हल गर्ने भन्ने विषयलाई जोड आबश्यक रहेको औल्याइन । मन्त्री नेपालीले आफु पनि महिला भएकाले महिला पत्रकारका लागी पारिवारिक र सामाजिक रुपमा छलफल गरेर अगाडि बढ्न बताइन ।

कर्णालीमा आमसञ्चार प्रतिष्ठानको स्थापना गर्ने बिषय अगाडी बढ्ने बताइन । मन्त्रि नेपालीले यस पटकको नीति कार्यक्रमले समेटेका विषयको बारेमा संक्षिप्त जानकारी गराउदै संसदमा प्रतिष्ठान दर्ता भएकाले अगाडि बढ्ने बताइन । आमसञ्चार प्रतिष्ठान पूर्व आन्तरिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीको पालामा विद्ययक संसदनमा दर्ता समेत भएको थियो । मन्त्री नेपालीले संघीयता पछि सञ्चार क्षेत्रमा केही परिवर्तन आएको बताइन । उनले अहिलेको सरकारको नीति कार्यक्रममा आमसञ्चार प्रतिष्ठान अगाडि बढाईने, पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने , पत्रकारका लागी स्वास्थ्य बीमा निरन्तरता दिईने, लोक कल्याणकारी विज्ञापन समानुपातिक प्रणाली लागु गर्ने बताइन ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख यूवराज शर्माले कर्णालीमा पत्रकारिता क्षेत्रको अवस्था बारेमा जानकारी दिएका थिए । उनले विश्वविद्यालयले अहिले स्नाकोत्तर तह सम्मको पढाई शुरु गरिरहेको भन्दै तेस्रो र चौथो समेष्टारमा अनुसान्धनमा जोड दिने बताए । प्रमुख शर्माले प्रेस स्वतन्त्रता संविधानले व्यवस्था गरेको भएपनि व्यवहारमा लागु गर्न चुनौति रहेको बताए । उनले कर्णालीका अहिले पनि धेरै जिल्लामा पत्रिका प्रकाशन हुन सक्ने अवस्था नरहेको बताए । प्रकाशन भईरहेका जिल्लामा बत्ती, ईन्टरनेटले समस्या बनाईरहेकोले यस विषयमा जोड दिदै कर्णालीमा पत्रकारिता क्षेत्रमार्फत आर्थिक सामाजिक विषयमा अनुसन्धान आवश्यक रहेको छ ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पंन्तले आचारसंहिता पढेर मात्रै पत्रकारिता गर्दा राम्रो हुने सुझाव दिए । नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटाले कर्णालीमा क्षमता अभिपेद्धिका कार्यक्रम आवश्यक भएको हुँदा सरकारलाई माग समेत गरिएको जानकारी गरे ।उनले सरकार तथा सञ्चारसँग आवद्ध निकायहरुले आचारसंहिताका विषयमा क्षमता अभिवृद्धि कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिए । भर्चुअल कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्ला जिल्लामा क्षमता अभिवृद्धिका कार्यक्रमहरु राख्न आवश्यक रहेको बताएका छन ।