जुम्लामा स्वास्थ्य सेवा बोहक सबै क्षेत्र पुर्णरुपमा बन्द

जुम्ला ः जुम्लामा स्वास्थ्य सेवा बोहक सबै क्षेत्र पुर्णरुपमा बन्द गरिएको छ ।। जेठ १ गते दिउसो १२ बजेदेखि ११ गते सम्म लागु हुनेगरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो । जुम्लामा संक्रमण दर दैनिक बढ्दै गएकोले शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने , विगतको भन्दा कडा रुपमा लागु हुने गरी निषेधाज्ञा गरिएको छ ।
अबको १० दिन सम्म जुम्लामा अस्पताल र मेडिकल बाहेक सबै क्षेत्र पुर्ण रुपमा बन्द गरिने भएको छ । यस अघि विहान ६बजे देखी ९ बजे सम्म ३ घण्टा खाद्यन्न सपल, डेरी संचालन गर्दा लापरबाहि गरेका कारण संक्रमण दर बढ्थालेपछि स्वास्थ्य क्षेत्र बाहेक सबै बन्द हुनेगरी निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । मेडिकल बाहेक बैंक तथा बित्तिय क्षेत्र, खाद्य किराना पसल, डेरी सबै १० दिनका लागि पुर्ण रुपमा बन्द गरिने भएको छ । त्यस्तै अन्तर जिल्ला आगमन देखि एक गाउँ देखि अर्को गाउँ प्रबेश गर्न समेत रोक लगाईने र सवारी संचालनमा समेत कडाई गरिने प्रजिअ थापाको भनाई छ ।
१० दिन निषेधाज्ञा लागु संगै कोभिड रोकथाम तथा नियन्त्रणका लागि ९ वटा महत्वपुर्ण निर्णय गरिएको छ । जसमा जुम्लाका आठै स्थानीयतहले ५०÷५० बेडको आइसोलेसन तथा ५÷५ बेडको कोभिड अस्पताल संचालनमा ल्याउने, निर्णय गरेका छन । त्यस्तै जिल्लाका आठै वटा स्थानिय तहमा विज्ञ चिकित्सक कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पठाउने, भएको छ । कर्णाली स्वास्थ्य विज्ञान र जनस्वास्थ्य सेवा कार्यालयले समन्वय गरी आठै स्थानिय तहमा पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने, छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न चाहिने आबश्यक विद्युत आपुर्र्तित विद्युत प्राधिकरणले गराउने निर्णय भएको छ ।

जुम्लामा निषेधाज्ञा अवधिभर संचालन हुने नीजि तथा सरकारी सवारीले अनिवार्य रुपमा प्रशासनबाट पास लिएर मात्रै संचालन गर्नुपर्ने, कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रशासनबाट प्रस्तुत कार्ययोजना प्रभावकारी कार्यान्वयनमा आठै वटा स्थमनिय तहले जिम्मेवार हुनु पर्नेे निर्णय भएको छ । , त्यस्तै कोभिड रोकथामका लागि कोभिड एम्बुलेन्स व्यवस्थापन गर्न १० लाख सहयोग गर्नुभएको संघिय सांसद गजेन्दबहादुर महतलाई धन्यबाद दिने , उद्योग बाणिज्य संघले आफ्नो सभाहललाई आइसोलेसन बनाउन दिने र गाडी २ महिना कोभिड एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने भएकोले वहाँलाई पनि धन्यबाद दिने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिमा डा ःमंगल रावल नियुक्त हुनु भएकोमा बधाई दिने लगायतका ९ वटा निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

त्यस्तै जुम्लाका आठ स्थानीयतका सबै जनप्रतिनिधिहरुले भने अबको केहि दिनमा संचालनमा आउनेगरी आबश्यकता अनुसारका आइसोलेसन बेड कोभिड अस्पताल संचालनको तयारी गर्ने बताएका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने सबै सामाग्री भएको हुनाले अबको २ दिनमा ५ बेडको आइसोलेसन तयारी गर्ने बताए । प्रतिष्ठानले डाक्टर पठाउँना बित्तिकै कोभिड अस्पताल पनि संचालन गर्ने उल्लेख गर्नुभयो । उता पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले पनि आजैबाट आइसोलेन निर्माणको तयारी भएको बताए ।

होमआइसोलेसनको नीति संक्रमण भयावह भएको भन्दै तत्काल आइसोलेसन निर्माण थालिएको हो । आठै तहका प्रमुखहरुले आईसोलेसन निर्माण गरी कोभिड रोकथाम तथा नियन्त्रणमा साँझा रुपमा एकजुट भएर बढ्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै नागरिक समाजका अध्यक्ष्मा राज बहादुर महतले विकास निर्माण काम रोकेर सबै स्थानीयतह जनता जोगाउन जुट्नु पर्ने बताए । संक्रमणको अबस्था निकै भयावह भइसकेको नागरिक समाज स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबै कोभिड रोकथामका जुट्नुको विकल्प नरहेको उनको भनाइ छ । जुम्लामा यसअघि बैशाख २३ गतेदेखि ३१ गते सम्म निषेधाज्ञा लगाइएको थियो ।