संक्रमित पत्रकारका लागि महासंघको आफ्नै आइसोलेसन

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोरोना संक्रमित पत्रकारहरुका लागि आइसोलेसन कक्ष निर्माण गरेको छ । पत्रकार महासंघको हलमा ५ बेडको आइसोलेसन कक्ष बनेको हो । अहिले सम्म यहाँ पत्रकार संक्रमित नभएपनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै आइसोलेसन तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए ।
सदरमुकाम खलंगा स्थित महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेसन तयार गरेको हो । अध्यक्ष शाहीले भने,‘ हाल सम्म जुम्लामा कार्यरत स्थानीय तथा राष्ट्यि स्तरमा काम गर्ने कुनै पत्रकाहरुलाई संक्रमण भएको छैन । तर संक्रमणको उच्च जोखिममा रहेका छन । तत्कालका लागि ५ बेडको आइसोलेसन तयार पारीएको छ । आवश्यकता अनुसार आइसोलेसन बेड थप्ने तयारी समेत भइरहेको छ । ’
यहाँ कार्यरत अधिकांश पत्रकार कोठा भाडामा बस्छन् । संक्रमित भईहालेमा पनि भाडाकै कोठामा बस्न सम्भव छैन् । अस्पतालले अक्सिजन दिनुपर्ने संक्रमित बाहेक अरुलाई भर्ना लिदैन् । अध्यक्ष शाहीले थपे,‘भर्ना नलिएका पत्रकार साथीहरु महासंघमा बनेको आइसोलेसनमा बस्नेछन ।’
महासंघकै भवनमा बनाइएको आइसोलेसनले पत्रकारहरुलाई राहत मिल्ने उनले बताए । हामी चाहान्छौँ कुनै पनि पत्रकारलाई संक्रमण नहोस, यदी भइहालेमा पनि उनिहरुको राहत उद्दार तथा व्यवस्थापनका लागि पहल हुनेछ । अध्यक्ष शाहीले भने,‘ढुक्क भएर आफ्नो क्षेत्रमा कलम चलाउनुहोस । संकटमा साथ दिन पत्रकार महासंघ तयार छ ।’
महासंघको भवनमा आइसोलेसन बनाउनका लागि पेश नेपाल नाम गैरसरकारी संस्थाले आर्थिक सहयोग गरेको थियो । पेश नेपालले ५ वटा फाईबर सिरक,१० वटा डस्ना, ५ वटा सिरानी, ३० मिटर पिपि फर्म ५ वटा तन्ना,५ वटा बाटा,५ वटा जग, ५ वटा गिलास ५वटा बाल्टीन र ५ वटा रुमाल गरी करिब ५० हजार बराबरको ९ प्रकारका सामाग्री उपलब्ध गराएको हो । कोरोना महमारीबाट सुरक्षित रहन आइसोलेसन निर्माणका लागि थोरै भएपनि साथ दिने प्रयास गरेको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपाने बताए । महामारी संगै अन्य समयमा पनि पत्रकार महासंघ संग समन्वय र सहकार्य गरी अघि बढ्ने समेत उनले बताए ।