डिसिसिएमसिको निर्णयः जुम्लामा शैक्षिक संस्थाहरु बन्द हुने
जुम्ला । कोरोना भाईरसको सक्रमण बढेपछि जुम्लाका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र
(डिसिसिएमसि) को बैठकले वैशाख १५ गतेदेखी अर्को निर्णय नहुन्जेल सम्मका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी जिल्ला बाहिरबाट आउने नागरिकहरुका लागि जुम्ला र कालिकोटको नाग्म र जुम्ला बिमानस्थलमा हेल्प डेक्स राख्ने भएको छ । हेल्प डेक्सकोलागि जनशक्ति जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा खटाउने छ ।
जिल्ला बाहिरबाट आउने र जाने मानिसहरुको लगत राख्न गाउँपालिकाले फोकल व्यक्ति तोकेर वैशाख १८ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा जानकारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलगाईले बताए।








