महतको संयोजकत्वमा मानव अधिकार रक्षक सञ्जाल गठन

जुम्ला ः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा चैत १३ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपे्रक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पु¥याउने उदेश्यका साथ जुम्लामा सञ्जाल गठन गरिएको हो ।नागरिक अगुवा राजबहादुर महतको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छ । सदस्यहरूमा महिला अधिकारकर्मी भगवती श्रेष्ठ, पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाही, अधिवक्त अनिता तिमिल्सेना, अधिवक्त देवेन्द्रराज शर्मा, दलित सेवा संघ जुम्ला सचिव रामबहादुर नेपाली, जनजाती महासंघ जुम्लाका र अध्यक्ष कार्मा ठिल्ने लामा रहेका छन् ।
त्यसैगरी अपांग पुनस्थार्पना तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धिताल, जेष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मनिश्चन्द्र न्यौपाने, महिला मानवअधिकार संज्जालका अध्यक्ष टिका नगरकोटी, थाहाँ खवर सम्वाददाता दिलमाया शाही, रेडियो नेपालका सम्वाददाता सागर परियार र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल रहेका छन् ।
मानवअधिकार रक्षक सञ्जालका सल्लाहकारमा राष्ट्यि मानवअधिकार आयोग जुम्लाका प्रमुख बृद्धिनारायण साहनी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य मानवबहादुर रोकाया, जिल्ला बाल संगठनका सभापति जयबहादुर खत्रीलगायत रहेका छन् ।
त्यस्तै मानअधिकार आयोग जुम्लाका प्रमुख बृद्धिनारायण साहनीले पछिल्लो सयममा मानवअधिकार रक्षक जोखिममा रहेको बताए । उनले भने ,उनीहरुको सुरक्षा चुनौँती कम गर्नका लागि यो सञ्जालको भुमिका महत्वपुण रहेने छ । । उनले भने, यसमा मानवअधिकार आयोगले सहजीकरण समन्वय गर्ने छ ।
नागरिक अगुवा तथा मानवअधिकार रक्षक सञ्जालका संयोजक राजबहादुर महतले सामाजिक मुद्दामा सशक्त भएर काम गर्ने र पीडितलाई न्यायलयको ढोका पु¥याउन भुमिका खेल्ने छ ।








