बीमितको घरमै पुग्छ आइएमइ लाइफ इन्स्योरेन्स


जुम्ला ः बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ परिवर्तन गर्दैे आइएमइ लाइफ इन्स्योरेन्स शाखा जुम्ला आफ्ना बीमितक स्वर्ग बास भएपछि .घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम हस्तारण गरेको छ । चन्दननाथ नगरपालिका ९का स्र्वगिय बृर्ख बहादुर गिरीको घरमै पुगेर १० लाख १५ हजारको बिमांक दाबी रकम हस्तान्तरण गरेको हो । मृर्तक गिरीले जिवन बिमा र उनको छोरा गणेश गीरीले बाल उज्वल बिमा गरेको थिए । बाल उज्वल बिमा गरे बार्फत बालक गणेश गिरीलाई पनि १२ हजारको चेक हस्तारन्तरण गरिएको छ । गणेशको पढाइको लागी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मासिक २५ सय रुपौया दिर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी जुम्लाका शाखा प्रमुख बुद्धी तामांङले बताए । उनले भने , मृतक गिरीकी श्रीमती बिमला गीरी थापालाई प्रदान गरिएको हो। स्व. गीरीले यस आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा जिवन बिमा गरेका थिए । उनको असामयिक निधन भएको थियो । हामीले बीमा दाबी भुक्तानी रकम एक औपचारी कार्यक्रम गरी वडा सदस्य चन्द्रवती उपाध्यायको रोवरमा हस्तान्तरण गरेका हौ प्रमुख तामांङले भने ,। त्यस्तै चन्दननाथ नौका अहेव गोपाल गिरीले भने ,यस्तो दुखद् घडीमा कम्पनीेले सहज रुपमा दावी भुक्तानी दिएको भन्दै बिमा प्रतिको जनविश्वास बढेको बताए । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमाले बन्यन आए भएकाको लागी भूमिकामा खेलेको छ ।