कम्प्युटर दराजमा, किताब मात्र पढेर जाँच दिन्छन् दुर्गमका विद्यार्थी


जुम्ला ः तिलागाउपालिका ३की १३ वर्षीया रोशनी त्रिरुवा सरस्वतीमाबि कुरडारीमा कक्षा आठमा पढछिन । उनले विद्यालयमा कम्प्युटर छन भन्ने बाहेक राम्ररी देख्न समेत पाएकी छैनन । हरेक बिद्यालयमा ६ कक्षादेखि नै कम्प्युटर अनिवार्य छ। तर विद्यार्थीले कम्प्युटर भने छुन पाउँदैनन्। ,कम्प्युटर विषयको किताब पाएका छौँ शिक्षक पनि राखेका छन तर शिक्षकले किताब बाहेक कम्प्युटर कोठामा लिएका छैनन । तिरुवाले भनिन, किताब पढाइ भने कहिलेकाहीँ मात्रै हुन्छ’, ,‘कम्पयुटर विषयको परीक्षा हुन्छ हामी किताब पढेकै अधारमा दिने गर्छौ । कम्प्युटर के हो? कसरी चलाउने हो? भन्ने बारे अहिलेसम्म आफूलाई केही थाहा नभएको उनको गुनासो छ।

त्यस्तै सरस्वती माध्यमिक बिद्यालयमा कक्षा ८ मा ध्यायनरत्त अर्की छात्रा एलिना बुढाको दुखेसो पनि उस्तै छ । कम्प्युटर केही जानेको पनि छैन’, एलिनाले भनिन्, ‘कम्प्युटरको किताब मात्र पाइन्छ, कम्प्युटर छुन पनि पाएका छैनौँ।’ सोही विद्यालयमा ध्यायनरत्त सबै बिद्यार्थीको गुनासो पनि बुढा जस्तै छ। ‘कम्प्युटर विषयको किताब पाएका छौँ। अरु विषय पढाइ पनि हुन्छ’, तर कम्प्युटर भने पढाउँदैनन्।’
विद्यालयका प्रधानाध्यापक रामविलास यादवले कम्प्युटर विषय पढाउने शिक्षक राखीएको बताए । उनले आफ्नो बिद्यालयमा कम्प्युटर पढाइ हुने गरेको दाबी गरे । सरकारले २०७० सालदेखि नै सामुदायिक विद्यालयमा कक्षा ६ बाटै कम्प्युटर विषय लागु गरेको भएपनि दक्ष जनशक्ति नहुँदा व्यवहारमा लागू हुन सकेको छैन।
कम्प्युटर दराजमा राखेर रै तालब खान्छन शिक्षक

कम्पयुटर विषयका शिक्षकले किताब मात्रै पढाएर तलब खाने गरेको बिद्यार्थी रोशनी तिरुवाको गुनासो छ । सरस्वती माध्यामिक बिद्यालयमा प्रकाश थापालाई कम्पयुटर विषयको शिक्षक भनेर राखीएको छ । केही समयमा सम्म शिक्षक नहुँदा विद्यालयले कम्प्युटर दराजमा थन्काएको थियो । तर अहिले तलब खाने शिक्षक छन कम्प्युटर छुन पाएका छैनौ । दक्ष जनशक्तिको अभाव हुदा सरस्वती माध्यामिक विद्यालयका २४ वटा कम्प्युटर कोठामै थन्काइएको विद्यालयका प्रधानाध्यापक रामविलास यादवले बताए। उनले भने ‘विद्यालयमा कम्पयुटर त छ तर प्राविधिक सम्बन्धी दक्ष जनशक्ति छैन ,यादवले भने,‘त्यसैले कम्पयुटरहरु कोठामै राखिएको छ।’
सरकारले अहिले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागु गरेको छ, तर बिद्यालयमा भने पढाइ नभएको पाइएको छ । ,‘सरकारले नै लागु गरेको विषय भएकोले दक्ष विषयगत शिक्षकसहित प्रयोगशालाको पनि व्यवस्था सरकारले नै गर्नु पर्ने बिद्यार्थीहरुको माग छ । कम्पयुटर बिषय नपढाउने जुम्लाको सरस्वती मावि कुडारी एक उदाहरण मात्र हो। यहाँका अधिकांश विद्यालयको कम्पयुटर शिक्षा किताबमै सिमित छ । सरस्वती मावि कुडारी बिद्यालयमा अध्यायनरत्त बालबालिकाको बाहुल्यता रहेको ग्रामीण क्षेत्रको बिद्यालय हो । त्यहाका बिद्यार्थीले कम्प्युटर देख्न पाउदैनन भने , अन्य विद्यालयको पनि कम्प्युटर शिक्षा पढ्नका लागी नभयर देखाउनकै लागी भएको अभिभावकको बुझाईछ ।