महिला बक्तृत्व कला प्रतियोगितामा भानुमति बिक प्रथम

जुम्ला ः चन्दननाथ नगरपालिका जुम्लाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको महिला बक्तृत्व कला प्रतियोगिता चन्दननाथ नगरपालिका नौकी भानुमति बिक प्रथम भएकी छन ।बिक एक सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको समाज रुपान्नतरणमा महिलाको भुमिका बिषयक बक्तृत्व कला प्रतियोगितामा प्रथाम भएकी हुन ।त्यस्तै चन्दननाथ ४की राजु चौलागाई द्धितृय‘‘चन्दननाथ ८ कै पुर्णिमा बिक तितृय र चन्दननाथकै मित्रालक्ष्मी चौलागाई सन्त्वना सफल भएकी छन ।
नेपाली सेनाको टुडिखेल मैदानमा आयोजना भएको उक्त प्रतियोगितामा नगरपालिकाका दश वटै वडाका महिलाले भाग लिएका थिए ।जुम्लामा पहिलो पटक चन्दननाथ नगरपालिका महिला शाखाको आयोजना तथा सामाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा महिला बक्तृत्व कला प्रतियोगिता भएको हो ।महिलाहरु शारिरिक र मानसिक रुपमा पुरुष सरह सक्षम हुन्छन , भन्ने सन्देश दिनका लागि प्रतियोगिता गरिएको समाजिक बिकास कार्यालय जुम्लाका सामाजिक बिकास अधिकृत बलबिर सुनारले बताए ।उनले भने,‘‘ प्रतियोगिताका विजेताललाई नगद र प्रमाणपत्र प्रदान गरीएको छ ।चन्दननाथ नगरपालिका महिला शाखाको आयोजना तथा सामाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा भएको महिला बक्तृत्व कला प्रतियोगिताका प्रथम हुनेलाई ३ हजार द्धितृय हुने लाई २ हजार २सय ५० तिर्तृय हुनेलाई १ हजार पाँचसय र सन्त्वना हुनेलाई ७सय ५० रुपैया पुस्कार प्रदान गरिएको चन्दननाथ नगरपालिका महिला शाखाका साहयक महिला बिकास अधिकृत पुस्पा थापाले बताईन । उनले भनिन,‘पछिल्लो समयमा महिलाको क्षामता अबिृद्धी र नेतृत्वको बिकासका लागी यस्ता खालका क्रियाकलाप आबश्यक रहेको बताईन ।,महिलाले आफूमाथि भएको हिंसामुक्त गर्न आर्थिक अभियानमा सक्रिय बन्न आबश्यक छ ।









