६९ वर्षीया महिलाको हत्या गरिएको आरोपमा दुइ जना प्रकाउ

दिलमाया शाही
्जुम्ला ः जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया महिलाको हत्या गरिएको आरोपमा दुइ जनालाई प्रकाउ गरको छ। प्रहरीले चन्दननाथ नगरपालिका ं.४ सिङगाचौर बस्ने १९ वषिया यज्ञ सार्की र १९ खगेन्द्र सुनार लाई प्रकाउ गरिएको हो । जुम्लाको चन्दननाथ नगरपालिका –४ भारतीवाडाकी ६९ वर्षीया महिला गत्त पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन । उनका आफ्न्तले नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरेका थिए ।

मृर्त महिलाका आफन्तले हातमा औठी, छाप, कानमा गहना सहित चार तोला सुन समेत नभएको र घाटीमा थिचेको जस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन भनि उजुरी गरेका छन् ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले भने , पिडितको उजुरी आएपछि हामीले घटनाको अनुसन्धान तिब्र गतिमा गरेका थियौ ।उनले भनेअनुशन्धान गर्दा यहि माघ १३ गते उक्त घटनाको अनुसन्धानको सिलसिलामानिम्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिएका हौ । उनले भने थप अनुसन्धानको लागि यस कार्यालयको प्रहरी हिरासतमा राखिएको छ ।

चन्दननाथ नगरपालिका – ४ भारतीवाडामा बस्ने ६९ वर्षकी सतलदेवी रोकाया आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेको ज्यान सम्बन्धि मुद्दामा अनुसन्धानको सिलसिलामा यस कार्यालयबाट खटिएका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा खटि गएको प्रहरीटोलीले अनुसन्धान गर्दै जाने क्रममा ति ब्यक्ति लाई प्रकाउ गर्न सफल भएको प्रहरी निरीक्षक तथा सुचना अधिकारी युवन कुमार चौधरीले बताए ।