जुम्लामा ट्याक्टर दुर्घटना, बालकको मृत्यु

जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – १ मा ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घनामा परि एक बालकको घटनास्थमै मृत्यु भएको छ । ट्याक्टर देउँसो २ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी युवन चौधरीले बताए ।
उनले भने , हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको नम्वर नभएको नयाँ ट्याक्टर कोईरेली बाट बालुवा लोड गरी नराकोट तर्फ जादै गर्दा उक्त दुर्घना भएको हो । हिमा गाउँपालिका –२ वस्ने ९ वर्षिया हिमाल रोकायाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
ट्याक्टर चालक नितेश शाहीलाई प्रहरी चौकी बड्कीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी चौधरीले बताए । दुर्घटना पछि नाग्मा मुगु सडक खण्ड अवरोध हुदा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक नियुवन चौधरीको कमाण्डमा ११ जनाको टोली खटाएको जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रमुख माधव काफ्लेले बताए ।