राष्ट्रिय भूकम्प सुरक्षा दिवस र योग दिवस, प्रभावकारी बनाउने, प्रशासनको तयारी

जुम्ला ः राष्ट्रिय भूकम्प सुरक्षा दिवस र योग दिवस, प्रभावकारी बनाउने,बिषयमा जिल्ला प्रशासन कार्यालय जुम्लाले छलफल गरेको छ । आगामी माघ १ गते र २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस, र योग दिवस २०७७ मनाउने बिषयमा प्रशासनले छलफल गरेको हो । भूकम्प बाट सुरक्षित हुने उपायहरू सम्बन्धी जनचेतना मूलक कार्यायक्रम प्रर्दशन गर्ने भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रस सोसाइटी जिल्ला शाखाले सयुक्त सचेतनाका कार्यक्रम गर्ने भएका छन। सचेतनाका कर्याक्रम गर्ने बिषयमा सेनाको टुडिखेलमा प्रर्दशनीको लागि तयारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने ,राष्ट्रिय भूकम्प सुरक्षा दिवस,२०७७ माघको २ गते दिनको विहान ८ बजे जिल्ला प्रशासन कार्यालय, जुम्ला अगाडी उपस्थिति भई र्याली निकाली बजार परिक्रम गर्दै हुदै नेपाली सेनाको टुडिखेलमा जिम्मा हुने निर्णय गरिएको छ ।

त्यस्तै भूकम्पको जोखिमबाट बच्ने सन्देशमूलक सामाग्री प्रसारण स्थानीय एफ.एम.रेडियोबाट प्रसारण गर्नका लागी पत्रकार महासघं मार्फत अनुरोध गर्ने निर्णय गरिएको छ । दिवसको दिन दिप प्रज्वलन तथा भूकम्प सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी वृत चित्र प्रर्दशन नेपाली सेना नन्दा बक्स गणले कृष्ण मन्दिर अगाडी साझ साढे ६ बजे प्रर्दशन गर्ने निर्णय गरिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७७ को कार्यक्रम व्यवस्थापनको लागि आवश्यक पर्ने व्यवस्थापनको जिम्मा सघन शहरी तथा भवन निर्माण आयोजना,जुम्लालाई जिम्म दिईएको छ । त्यसै गरी यस जिल्लामा राष्ट्रिय योग दिवस,२०७७ माघ १ गते विविध कार्यक्रम सहित मनाउन दिवस मूल समारोह समिति देहाय सदस्यहरू रहने एक समिति गठन गर्ने निर्णय गरिएको छ ।

जसको लागी तपसिलका ब्यक्ति तथा सस्थालाई जिम्म दिइएको छ जसमा प्र.जि.अ. श्री भूपेन्द्र थापा अध्यक्ष , जि.स.अ. श्री नानीबावु पोखरेल सदस्य, गणपति श्री दिवाकर रायमाझी सदस्य,प्रमुख कोष नियन्त्रक श्री प्रमुख गोपीचन्द्र भण्डारी– सदस्य ,निमित्त गणपती श्री गगन श्रेष्ठ सदस्य . प्र.ना.उ. श्री माधव प्रसाद काफ्ले( सदस्य , प्र.अ.अ. श्री राम शंकर के.सी., सदस्य . जि.स्व.से.का. का.प्र. श्री कृष्ण सापकोटा सदस्य ,नागरिक समाज श्री राज बहादुर महत सदस्य, .पत्रकार महासंघ श्री नेत्र बहादुर शाही(सदस्य ,गै.स.स. महासंघ अध्यक्ष श्री अमर रोकाया ,.उद्योग वाणिज्य संघ –सदस्य , .आयुर्वेद शाखा श्री डा. प्रतिमा शर्मा सदस्य ,र नेपाल रेडक्रस सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय योग दिवस मनाउने संर्दभमा मिति २०७७र०९र२९ गतेको दिन विहान ७ः३० बजे ध्यान तथा योग अभ्यास संचालन गर्ने उक्त कार्यक्रम संयोजक तथा व्यस्थापन जिल्ला आयुर्वेद शाखाले गर्ने भएको छ । राष्ट्रिय योग दिवस २०७७ माघ १ गते विहान प्रभात फेरी कार्यक्रम संचालन गरी औपचारिक समारोहको साथ आयोजना गर्ने उक्त दिवस मनाउने  व्यवस्थापनको  जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले  गर्ने भएको छ ।