डोग्री गाउका महिलाले पाएनन, समान कामको समान ज्याला


दिलमाया शाही
जुम्ला ः तिलागाउपालिका ५डोग्री गाउका महिलाले दिनभरि काम गरे पनि काम अनुसारको ज्याला नपाउएको गुनासो गरेका छन । डोग्री गाउका महिलाले समान कामको समान ज्याला नपाएको भन्दै गुनासो गरेका हुन् । डोग्री गाउमा बिद्यालय निमार्ण घेराबार जस्ता भइरहेका छन । त्यहा निमार्णको लागि दिनभर नदीको ढुंगा, बालुवा ,र माटो बोक्ने महिला मात्र छन्,पुरुष छैनन । पुरुषले भने एकै ठाउमा पर्खाल चिन्दै आउने गरेका छन ।त्यही सम्मान काम गरेको महिला लाई एक दिनको पारिश्रमिक ५सय रुपैयाँ दिइन्छ । भने पूरुषले आठ सय रुपैयाँ लिने गरेका छन ।कामबढी गर्नेमा महिला तर पूरुषलाई बढी रकम दिने प्रचन हाम्रो समाजमा अझै पनि कमायमै छ ।

तिलागाउकाको डोग्री गाउकी बाँचु रावतले ,भनिन,हामी महिलाले पहिलेदेखि अहिलेसम्म पुरुषले सम्मनको ज्याला पाउदैनन ।उनले भनिन,सबै भन्दा बढी नै काम गरे पनि समान कामको समान ज्याला पाएकै छैनौँ् एकै काममा लागेका पूरुष र महिलाको श्रमिक रकम फरक पाउदा मनमा दुखको अनुभुती हुन्छ ।

जुम्लामा समान कामको समान ज्यालामात्रै होइन ,समाजमा पहिलेदेखि नै पूरुष र महिला बीच थुप्रै खालका विभेद चलि आएको रावतले बताइन् ।कुरा समान ज्यालाको मात्र होइन,योजनाको रकम पहिले नि के कति भनेर पुरुषले मात्रै थाहा पाएका हुन्छन ।उनिहरुले आफ्नो ज्यालाको लागी छुट्याउछन् ।उनीहरूले आफ्नो ज्याला तोकेपछि मात्र बाँकी बचेको रकम जति छ। त्यतिनै महिलाको कामको लागि दिइने गरिन्छ ।

धेरैजसो महिलालाई रकमको बारेमा जानकारीनै दिदैनन् काम मात्रै गराउने गरेको डोग्री गाउकै अर्की महिला दिलमाया थापा (रावतले )बताइन ।उनले भनिन,हामीले पनि पुरुष बराबरको ज्याला पाउनु पर्छ भन्ने हो ।तर महिलालाई पुरुषले नदिएको गुनासो गरेका छन । महिलाको लागि अधिकार आएको छ । भन्ने कुरा सुनिन्छ, तर कार्यन्वय किन गरिँदैनन ,डोग्री गाउकै सरस्वती रावतले भनिन,महिलाको दिनचर्या चुलोचौकोमै बितेको छ।

गाउमा आएको थानीय सरकारले पनि डोको नाम्लो छुट्टाएको छैन ।सबैको भाषण सुनिन्छ कार्यन्वयन हुँदैन। दैनिक रूपमा मजदुरी गरेर छाँकटार्ने जुम्ला जिल्लाका महिलाले समान ज्याला नपाउँदा उनीहरूको दैनिक अहिलेसम्म पनि फेरिएको छैन । उनले भनिन, महलिाका जति अधिकार आए पनि कागजी रूपमा मात्र सीमित छन्.।
यता तिला गाउँपालिकाका ५का वडा अध्यक्ष, कालिबाहादुर बुढाले यो विषयमा आफुलाई थाहा नभएको बताए । उनले भने ,अब तत्काल वडाका अगुवा संग बसेर छलफल गर्नेछौँ, ।अहिलेको एकाशौ शताब्दीमा महिलाले पनि समान कामको समान ज्याला पाउनपर्छ।