त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट (नामावलीसहित )

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि अन्तिम प्रतिस्पर्धाका लागि १० जनाको नाम सर्टलिस्टमा समावेश गरेको हो ।

सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचीमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र राम प्रसाद रेग्मी रहेका छन् ।

सर्टलिस्टमा १० जना मध्ये भोला थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्यसैगरी सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए ।

समितिले सार्वजनिक गरेको सूचीमा परेका उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार प्रकाशित गरिएको जनाएको छ । सर्टलिस्टमा परेका उम्मेदवारहरूको शैक्षिक योग्यता, नेतृत्व क्षमता, कार्यअनुभव तथा विश्वविद्यालयको विकाससम्बन्धी दृष्टिकोणका आधारमा छनोट प्रक्रिया अगाडि बढाइएको समितिको भनाइ छ । त्यसमध्ये १० जनाको सूची तयार पारिएको हो । अब यी मध्येबाट १ जना उपकुलपति बन्ने छन् ।

सम्बन्धित समाचार