प्राविधिक शिक्षा सञ्चालनमा जोड दिने ः मुख्य मन्त्री राई

भोजराज कार्की,  
सोलुखुम्बु ः मुख्य मन्त्री सेरधन राईले प्रदेश सरकारले दुधकोशी बहुप्राविधिक शिक्षालयमा बहु प्राविधिक शिक्षा सञ्चालनमा जोड निदे बताएका छन । थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको भवन उद्धघाटन गर्न आईतबार थुलुङदुधकोशी गाउपालिका पुगेका मुख्य मन्त्री राइले यस्तो बताएका हुन । उनले भने प्रदेश सरकारको अबको पहिलो प्रथामिकता प्राविधिक र व्यवहारीक शिक्षामा जोड दिने हो । यसले गर्दा हाम्रो प्रदेशमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने छ । उनले थपे सोही अनुसार प्रदेश १ मा छनौट भएका ५ वटा जिल्ला मध्ये कतिपय जिल्लामा जग्गा समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा थुलुङदुधकोशी गाउँपालिकाले थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको उद्घघाटन गरेको छ । उनले भने यो आफैमा प्रशंसायोग्य कार्य हो ।

सोलुखुम्बुबासीले सही नेतृत्व छनौट गर्न सफल भएकालेनै आज गाउँगाउँमा सडक, विद्युत, प्राविधिक शिक्षा तथा अस्पताल निर्माण भईरहेको भन्दै मुख्य मन्त्री राईले थुलुङदुधकोशीलाई नगरपालिका बनाउने आधारभुत मापदण्ड पुरा गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै आन्तरीक योजना तथा अर्थ मन्त्री इन्द्र आङ्बोले गाउँपालिकामा भईरहेको बिकास निर्माणको काम सन्तोषजनक रहेको भन्दै प्रशंसा गरे ।उनले थुलुङदुधकोशी गाउँपालिकाले सामाजिक सुरक्षा र भौतिक पुर्वधार निर्माणमा गरेको कार्य मननयोग्य रहेको बताए । उनले यस स्थानियतरहले गरेको कार्य अन्य स्थानीय सरकारले समेत अनुसरण गरि व्यवहारमा प्रयोग गर्न सुझाएका छन ।
यस्तै सोलुखुम्बु जिल्लाका प्रतिनिधी सभा सदस्य हेमकुमार राई (शुरवीर)ले जिल्लाको बृहतर बिकासमा आफुहरु केन्द्रित दाबी गरे । उनले भने शिक्षा स्वास्थ्य, सडक र सञ्चारलाई प्राथमीकतामा राखेर जिल्लामा काम भईरहेको छ । उनले े आगामी दिनमा सबै तहतप्काबाट सहयोगको लागि आग्रह गरेका छन ।

नेकपा प्रदेश एक संसदीय दलका प्रमुख सचेतक एवम् सांसद बुद्धिकुमार राजभण्डारीले बुह प्राविधिक शिक्षालय थुलुङ दुधकोशी गाउँपालिका र सोलुखुम्बुको लागि मात्र नभई छिमेकी जिल्ला खोटाङ र ओखलढुंगा लागि पनि महत्वपुर्ण रहेको बताए । उनले काँग्रेस सरकारको पालामा नभएका तर अति महत्वपुर्ण बिकासका कार्यक्रम नेकपाले गरिरहेको भन्दै नेले देखि गाउँपालिका केन्द्र सम्मको सडक कालोपत्रेका लागि तत्काल कार्य अगाडी बढाउन माग गरे । प्रदेश सांसद उत्तम कुमार बस्नेतले अधिकांश बिकासमा सडक बाधक बनेको भन्दै अन्तर जिल्ला जोड्ने सडकमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
्त्यस्तै गाउँपालिका अध्यक्ष असिम राईले गाउँपलिकाले अघि सारेको दिगो बिकासको योजनामा सहयोगका लागि आग्रह गरेका छन । उनले संघीयताको मर्म र भावना अनुसार आफुहरु दिनरात खटिरहेको भन्दै सबैको सहयोग अपरिहार्य रहेको छ । कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, जिल्ला समन्वय समितिका प्रमुख बीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, सोलुदुधकुण्ड नगरपाकिला उपमेयर कल्पना राईले बहुप्राविधिक शिक्षालयको महत्वको चर्चा गर्दै शुभकाना व्यक्त गरेका छन । जसले गर्दा थुलुङदुधकोशीको मात्र नभई सिंगो जिल्लाको बिकास र सम्बृद्धिमा महत्वपुर्ण टेवा पुग्ने विश्वास रहेको छ ।