जुम्लामा अस्थायी कोभिड अस्पताल बनाउने
दिलमाया शाही जुम्ला
जुम्लामा सुविधा सम्पन्न अस्थाई कोभिड अस्पताल बनाउने निर्णय भएको छ । कोरोना भाइरसको जोखीमलाइ मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो गरेको छ । आइतबार जिल्लामा विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले हिउदको समयमा हिमपात बाट हुन सक्ने क्षेतिलाइ मध्यनजर गर्दै हिमतापा पुर्व तयारी योजना अनुमोदन गरी प्रभाबकारी रुपमा कार्यान्वय गनेर्् निर्णय भएको छ । उक्त योजनालाई कार्यन्वयनमा ल्याउनेका लागि नेपाल सरकार, गृह मन्त्रालयसँग आवश्यक बजेट माग गर्ने र स्थानीय तहले पनि सो कार्यका लागि बजेट व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला प्रशासन जुम्लाले जनाएको छ ।
कोरोना संक्रमित र अन्य विरामी उपचार गर्नका लागि एउटै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला भएपछि कोभिड अस्पताल छुट्टै बनाउनु पर्ने भन्दै कोभिड अस्पताल बनाउनका लागी आबश्यक भवनको खोजी गर्न बनेको गठित समितिले पेस गरेको प्रतिवेदन माथी छलफल गर्दा बिपल्प नं एकमा रहेको पुर्वधार बिकास कार्यालयमा अस्थाइ कोभिड अस्पताल निमार्ण गर्नका लागी निर्णय गर्न र सो कार्यालयलाई जिल्ला समन्य समितिको हाताभित्र रहेको पुरानो प्राविधिक कार्यालयमा स्थानान्तरण गने निर्णय गरिएको छ ।
प्रतिष्ठानमा उपचारका लागी आउने अन्य बिरामीको उपचारमा सहजता ल्याउनका लगी कोभिडको छुट्टै अस्पताल बनाउने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने जिल्ला खेलकुद विकास समितिको कवड हल नजिक रहेको पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएकोे छ । त्यसैगरी कोरोना संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । यहाँका सात स्थानीय तहले एम्बुलेन्सको भाडा स्वरुप ८६÷८६ हजार रुपैया उपलव्ध गराउने गरी व्यवस्थापन गरिएको हो ।
जुम्लाको कोरोना संक्रमितको संख्या ४ सय ४ जना पुगेको छ । ३ सय ७१ जना संक्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । त्यस्तै जिल्लामा ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये २८ जना होम आइसोलेसनमा र ५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेको पाइएको छ ।








