प्रतिष्ठानका ३ सय ५० कर्मचारीले तिहारमा पनि तलव खान पाएनन् ।

दिलमाया शाही जुम्ला
स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासन ३८ दिन देखी तालावन्दी छ ।उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्यकोष खर्च गर्ने गरी तेस्रो डिन नियूक्ति गरेको भन्दै कर्मचारी आन्दोलन गरेका हुन । तर कुनै पनि निकायबाट सुनुवाई नहुदा तालावन्दीको ३८ औ दिन सम्म प्रतिष्ठानको शैक्षिक र केन्द्रीय प्रशासन तालावन्दी छ । प्रतिष्ठानका ३ सय ५० कर्मचारीले तिहारमा पनि तलव खान पाएनएको गुनासो गरेका छन। उपकुलपति वाग्लेले तेस्रो जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीलाई नियूक्त गरेपछि संस्थालाई आर्थिकभार बढि पर्ने भएका कारण रोक्न माग गर्दै कर्मचारी कल्याण समितको नेतृत्वमा कर्मचारी आन्दोलित भएका छन ।
३० विद्यार्थीका लागि ३ डिन  नियूक्ति
प्रतिष्ठानका ३० विद्यार्थीका लागि ३ डिन कही नियूक्ति गरेको आडम्बरी भएको अन्य पदाधिकारी पनि बताएका छन । नेपालकै ठूला प्रतिष्ठानहरु विर, पाटन, धरानमा समेत एक एक डिन नियूक्त भईरहेको समयमा कर्णाली प्रतिष्ठानमा ३ डिन नियूक्त गर्नु आफ्ना मान्छेको भर्तिकेन्द्र बनाएको भन्दै ताला बन्दी गर्नु परेको कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताए । उनले भने कर्मचारीलेनै उपकुलपति वाग्लेले कार्यअवधि सकिदै गर्दा आफ्ना मानिसको भर्तिकेन्द्र बनाउन थालेको भन्दै विरोध गरेका छन् । तर सो बिषयमा उपकुलपति वाग्लेले कुनै सुनुवाई नगरि उल्टै सो व्यक्तिलाई आन्दोलन चलिरहेकै समयमा जुम्ला ल्याएपछि नैतिकताको पराकाष्ठ गुमाएका कर्मचारी कल्याण समितिका संयोजक उपाध्यायले बताए । कार्यकारी समितिले पनि आन्तरिक समस्या सामाधान गर्छु भनेको ४० दिन पुग्न थालेको भन्दै उपकुलपतिको आडम्बरले सुनुवाई नभएको उनको भनाइछ । सरकारले सम्पर्क कार्यालय नराख्ने निर्णय गरेको बर्ष दिन पुग्दापनि सम्पर्क कार्यालयबाटै धमाधम नियूक्ति गरेको कल्याणकारी समितिले जनाएको छ ।
उपकुलपति नै जवाफविहिन
उपकुलपतिले तेसा्रे डिन क्षेत्रीलाई नियूक्त गरेपछि अहिले जुम्लामा निकै ठूलो चर्चा चलेको छ । त्यो विषयमा बुझ्न खोज्दा पत्रकारहरुको फोननै उठाउन उपकुलपति वाग्लेले छोडेका छन् । पत्रकारहरुले उपकुलपतिको फोन ९८४९२५७३८० मा हान्दा निरन्तर काटिरहेका छन् । पहिले एक होटलमा बसिरहेको भन्ने खबर थियो तर अहिले उनी कुन स्थानमा बस्छन थाहाँ छ्रैन् । फोन हान्दा निरन्तर काटिरहेका छन । पत्रकारहरुले उपकुलपतिले सूचनाको हक सम्वन्धको अधिकारलाई समेत हनन गरेका छन । पत्रकारहरुको फोन समेत नउठाईको र ३८ दिन सम्म ताला खुलाउन उपकुलपति वाग्लेले कुनै ध्यान नदिएको भन्दै नेपाल पत्रकार महासंघ जुम्ला शाखाले एक विज्ञेप्ति जारी गरेर ध्यानाकर्षण गरेको छ । अध्यक्ष बरमबहादुर महतद्धारा जारी बिज्ञेप्तिमा उपकुलपतिले पत्रकारहरुको फोन नउठाएर सूचना दिने हकमा जवाफविहिन बनेको उल्लेख छ ।
सरकारले सम्पर्क कार्यालय हटाउनु भनेर निर्देशन दिएको बर्ष हुन थाल्यो तर सरकारलाई समेत छायामा राखेर सम्पर्क कार्यालय काठमाण्डौ बाटै डिन नियूक्तिकार्या धमाधम गरिरहेका छन् ।
प्रतिष्ठानका उपकुलपतीको गैर जिम्मेवारः प्रति महासंघ शाखा जुम्लाको आपति
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती राजेन्द्रराज वाग्लेको को गैर जिम्मेवारपना प्रति महासंघ शाखा जुम्लाले आपति जनाएको छ । नेपाल पत्रकार महासंघ जुम्लाले प्रतिष्ठान जुम्लाका उपकुलपती वाग्लेलाई गैर जिम्मेवार एवं लाचार व्यक्तिको संज्ञा दिएको हो । महासंघले शुक्रबार वाग्लेलाई बिगत ३८ दिनदेखि प्रतिष्ठानको प्रसाशनमा लागेको ताला खोल्ने तिर कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गराएको छ। गत असोज २६ गते वाग्लेले मनोमानी रुपमा तेर्सो डिन निउक्त गर्दा प्रतिष्ठानको आर्थिक भार बढी हुने र भार थेग्न नसक्ने भन्दै कर्मचरी कल्याण समाजले असोज २८ गतेदेखि प्रतिष्ठानको शैक्षिक तथा प्रसाशनिक कार्यालयमा ताला लगाएको थियो।उक्त तालाका बारेमा उपकुलपती जस्तो जिम्मेवार पदमा रहेर कुनै चासो नदिनु र सुचना लिने अधिकारबाट वन्चित गरेको भन्दै महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ध्यानाकर्षण पत्रमा वाग्लेले प्रतिस्ठानलाई आफन्त भर्तिकेन्द्र बनाई आर्थिक संकट पार्न खोजेको आरोप छ।