गाउँपालिकाको बिकासमा युवालाई जोड्नु पर्छ ः अध्यक्ष वम
दिलमाया शाही जुम्ला
्कालिकोट जिल्ला पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्माण वमले बिकासमा युवालाइ लगाउन पुर्नै बताएका छन । उनले रोजगारीको शिलशिलामा बिदेशिने युवाको जनशक्तिलाई रोक्न युवालाइ बिकास निमार्णमा लगाउन आबश्यक ठानेका हुन । उनले भने सुरुवात आफै बाट गर्नुू पर्छ भन्दै पलातागाउपालिबकाले विकास निर्माण कार्यदलमा” दुई सय जना यूवालाइ काममा लगाएको बताए । उनी भन्छन यूवालाई रोजगारी दिने र गाउँपालिकाको विकास पनि हुने उद्देश्यलाई जोड दिदै विकास पलाता निर्माण कार्यदलमा काम गर्ने एक सय जनायुवा बाट शुरु गरिएको विकास कार्यदलमा बढेर दुईसय पुगेका छन । काम बिशेषले जुम्ला पुगेका अध्यक्ष वमले पत्रकार संगको भेटमा यूवा शक्तिलाई व बनाउन नहुने बताए । उनले भने आफ्नो पालिकाको बेरोजगारी रोक्न कार्यकाल भरी युवालाई काम दिएर स्वरोेजगार बनाईएको छु ।
स्थानिय सरकारलाइ नितीगत्त समस्या

अध्यक्ष बमले यूवालाई सिचाई, खानेपानी, सडक, बत्तिका कामको जिम्मा दिईएको छ । तर काम भईरहेको छ । नतिगत चुनौतिका कारण तलवी नभई ज्यालाको हिसावमा श्रमको मुल्य दिदै आएको बताए । उनले भने थिर्पू, राड्ुनेटा सडकको १३ किलोमिटरमा जाली हाल्ने, पर्खाल लगाउने र स्तरउन्नतिमा निर्माण कार्यदलले काम गरेको, छ । थला तल्सेरी खानेपानी आयोजना, खिन किच सिँचाई आयोजना, दुर्सीमा एक सय किलोवाटको बिजुली देखी यो बर्ष गाउँपालिकाको २ भवन र शिक्षा सम्वन्धि ३ भवन सो निर्माण कार्यदलले काम गरिरहेको छ । स्थानिय सरकारलाइ बिकास निमार्णका काम गर्दा केही नितीगत्त समस्या छ । निर्माण कार्यदलले काम गर्ने आयोजनामा जम्मा ६ करोड ९० लाख रुपैया विनियोजन गरी काम भएको र यो बर्षको ३ करोडको काम भईरहेको छ ।
सडक सञ्जाल सहज गर्न अवको आवश्यकता
अध्यक्ष बमलेभने छिमेकी जिल्ला जुुम्ला र कालिकोटको सडक सञ्जाल सहज गर्न अवको आवश्यकता रहेको छ । उनले भने कोईरेल ओदी रिखिदेव डाफे र माछाको लेकबाट जोडन आवश्यक छ र्। अध्यक्ष बमले पलाता र हिमा गाउँपालिका बिचमा यो बिषयमा पटक पटक समन्वय भईरहेपनि गाउँपालिकाको बजेटले स्तरउन्नतिमा नपुग्ने बताए । उनले थपे जवसम्म प्रदेश सरकार वा संघीय सरकारको सहयोग आउदैनन तब सम्म यो सडकको काम हामीले चाहेर पुरा गर्न सक्दैनौ उनले हामी स्थानिय सरकार र स्थानिय ब्यक्ति पनि भएकाले जुम्लाको जिम्मेवारी जुम्लाले र कालिकोटको जिम्मेवारी हामीले लिनु आवश्यको छ । कोईरेली ओदी कच्ची सडक स्तरबृद्धि गरेमा सहज हुने उनको भनाइ छ ।
गाउमा सिहंदरवार आएकोे दावी
जनताका आकांक्षा अनुसारको विकास गर्न नसकेपनि गाउमा संघीयता आएको उनले दावी गरे । अध्यक्ष बमले हिजो ५० हजारका लागि जिल्ला विकास धाउन पर्ने अवस्थामा अहिल अन्त्ये भएको बताए । उनले त्यो काम अहिले स्थानीय सरकारले गर्न सक्ने भएको छ उनले थपे सोचेजति नभएपनि खानेपानी नभएका बस्तिमा पानी, ६० प्रतिशतमा बिजुली र आधारभुत औषधी, विद्यालय भवन, खानेपानी, सिचाईमा जोड दिइएको बताए । उनले भने अवको केही दिनमा १५ शैयाको अस्पताल पलातामा उद्धाटन गर्ने तयारी रहेको छ ।





