गाउँका कुडा, सम्वादले ल्यायो, जडिवुटी औषधी र अन्जनमै गरिने बिवाहाको प्रसंग ।

दिलमाया शाही
लाम्रा सम्वाद, गाउँका कुडामा प्रस्तोताले पहिलो प्रश्न गरे । बज्यु तँपाईको विवाह कहिले भयो ? ज्येष्ठ नागरिक आमाको उत्तर आयो ९ बर्षमा विवाह भयो । त्यही प्रश्न अर्की आमालाई सोधियो, तपाईको नि बजै ? मेरो विवाह भएको त थाहाँ पाईन । मेरो विवाह आजभोली जसरी विवाह गर्छन, त्यस्तै भयो होला जस्तो मात्रै लाग्छ ।लाम्रा सम्वादमा भएका ७ जना जेष्ठनागरिक ६५वर्ष देखी ८३ बर्षका आमाहरुले विवाह ८ देखी १० बर्षमा भएको बताएका थिए । उनीहरुले भने हिजोको संस्कारमा कसरी जीवन व्यतित भयो, कथा जस्तै लाग्छ ।
लाम्रा गाउँले आयोजना गरेको “लाम्रा सम्वाद, गाउँका कुडामा यस्तै, यस्तै अनुभवका रोचक कुराले धेरैका मन छोयो । खाली समयमा गाउँका वौद्धिक यूवाहरुले १२ शेसनमा वहश भएका थिए ।
यहाँको अहिलेको वर्तमान अबस्था र पहिलेका मानिसले भोग्दै आएका समस्या र उनिहरुले गरेको संँस्कारका बारेमा सम्वाद गरिएको हो । गाउँलेले तिहारको अवसर पारेर सुरु गरिएको सम्वादले ज्येष्ठ नागरिक देखी जानकार व्यक्तिहरुको अनुभव देखी ईतिहास झल्काउने काम गरेको छ । लाम्रा सम्वाद, गाउँका कुडा”मा खस सभ्यतामा मनाईने सस्कृति, गाउँको ईतिहास, रितिथिति देखी विभिन्न लुकेका बिषयमा भएकोे सम्वाद केही नयाँ अनुभवको थालनि भएको छ ।
पुरानो ज्ञान र शिप नयाँ पुस्तालाइ हस्तानतरण हुने ः
लाम्रा सम्वाद, गाउँका कुडाले पुरानो ज्ञान र शिप नयाँ पुस्तालाइ हस्तानतरण हुने भएको छ जु्म्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ स्थित लाम्रा गाउँमा रहेका १सय ८३ घरधुरीका स्थानीय यूवा र बुद्धिजीवि र जानकारहरुले आयोजना गरिएको गाउँका कुडा लाम्रा सम्वादमा खस संस्कतिको ज्ञानमुलक कार्यक्रमले हाम्रो नयाँ पुस्ता, सिकाईमा जोड दिएको छ । गाउँमा धेरैका अनुभव सरोकारवालाहरुले सुनेपछि अच्चमित भएका छन् । विशेष गरी ज्येष्ठ नागरिकका कुराहरुले यूवा पुस्तालाई ज्ञान , शिप हस्तान्तरणको छ । कार्यक्रमको पहिलो दिन गाउँको जाडो, तिर्थ र हाटको कुरा,र कुलोको कथाले लाम्रा गाउँवासीलाई एक पटक पुर्खा र पौरखको कथा पुनराबृत्ति गरेको छ ।
दोस्रो दिन शनिवार “ओक्तो र देउता,” “संस्कार सस्कृति,”“ श्रम र सीप,”“ सर्जग र सृजना लगायतका महत्वपूर्ण शेसनहरु भएका थिए । संस्कृति र सस्कारमा आधारित मागल, विवाह, साउने सक्रान्ति, तागे संक्राति सहितका विभिन्न सस्कार बिषयमा वहश गरिएको छ । गाउँका स्थानीय तथा चन्दननाथ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख खडानन्द चौलागाईबाट सहजीकरण गरिएको थियो हरिवावु चौलागाईले सञ्चालन गर्नुभएको “देउता र ओक्तो” सेशनमा करिब ८० बढि जडिवुटिवाट गरिने औषधीका नाम र यसबाट हुने उपचारको बिषयमा ज्येष्ठ नागरिक प्रवानन्द चौलागाईले जानकारी दिएका हुन । चौलागाईले आफुलाई रागन लागेपछि औषधि उपचारमा लागेको बताए । गाउँ सम्वादमा उनको अनुभव हेर्दा कुनै वैद्य डाक्टर भन्दा कम छैन् ।
तेस्रो दिन ,बज्यूका कुडा शेसन, विकास र शुसाशन, ठिक थिति र राजनिति, उद्यमशिलता र उद्यम बिषयमा सम्वाद गरिएको थियो । स्थानीय जयलक्ष्मी चौलागाइले संचालन गर्नुभएको सम्वाद “बज्यूका कुडामा” ६५ देखी ८३ बर्षका ज्येष्ठ नागरिक आमाहरुले आफुहरुको विवाह, काम र तत्कालिन समय र अहिलेका महिलाहरुमा आएको परिवर्तनका बिषयमा अनुभव सुनाउदा सहभागी छक्क भएका थिए । ८ बर्ष देखी १० बर्ष भित्र सम्वादमा सहभागी सवैको विवाह भएको र कसैलाई आफ्नो विवाह समेत थाहा नभएको र अहिलेको महिलाहरुको संघर्ष निकै फरक भएको बताएका थिए
शुसाशन कायम गर्न पालिका संग सम्वाद
यसैगरी स्थानीय तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलगाईले संचालन गरेको शेसनमा “गाउँको विकास, शुसाशनका” बिषयमा गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत बिष्णु धिताल, स्वास्थ्य संयोजक गुरु चौलगाई र प्रहरी चौकी ईन्चार्ज असई राजेन्द्र गिरी सहितका बक्ताहरुले वहश गरेका थिए । गाउँपालिकामा भएका विकास र योजना तथा सेवा प्रवाहमा सहज तथा शान्ति सुरक्षाका बिषयमा छलफल भएको थियो । गाउँपालिकामा भएका अनुकरणीय कामहरु, खानेपानी विजुली, सञ्चार सहितका विभिन्न काममा जोड दिईएको छ । विकास सँग सम्वन्धित पालिका स्तरका निकायलाई लाम्रा गाउँको विगत, अहिले र भविश्यको विकास कस्तो रहेछ भन्ने विषयमा बहस भएको छ ।सम्वाद समापन शेसनमा प्रकृतिको स्थानीय पुजारीहरुले मष्टो सहितका देवताहरुको नाम भन्दै आरम्भ गरेका थिए । मौलिक प्रकृतिको कार्यक्रम गर्दा अतिथिले पनि अनुकरीण काम भएको भनेका थिए । चन्दन्नाथ नगरपालिका मेयर कान्तिका सेजुवालले खस सस्कृतिका पुस्ताले बोल्ने शब्द हराउदै गएको सन्दर्भमा लाम्रा गाउँले गरेको मौलिक कार्यक्रम अनुसन्धनामा जोड दिइने बताएइन । उनले बज्यूका कुडाँ शेसनमा ज्येष्ठ नागरिक महिलाहरुको विगत र अहिलेको अनुभव साट्ने मौका दिएको भन्दै तीनहजार एक सय रुपैया ति आमाहरुलाई सम्मान स्वरप उपलब्ध समेत गराइन । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकाको सोचमा रहेको कार्यक्रम गाउले युवाहरुको गरेको भन्दै दस्तावेज गर्न सघाउने बताए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जीवन जीउने सस्कार, गाउँ, समाज, सस्कृति, आर्थिक अवस्था, जनशक्ति र विकास सम्वादले झल्काएको बताए ।
सस्कृतिलाई उजागर गर्न गाउका कुडा सम्वाद
कार्यक्रममा संयोजक धनप्रसाद चौलागाईले साना साना सस्कार र सस्कृतिलाई हामीले उजागर गर्नुपर्ने भएकाले सानो कार्यक्रम गरिएको बताए । गत बर्ष प्रदेश राजधानी सुर्खेतमा “ कुडा कर्णालीका ” कार्यक्रमले लोकप्रियता छाए जस्तै जुम्लामा लाम्रा सम्वाद गाउँका कुडाले एक तिथि बसालेको छ । “ कुडा कर्णालीका ” कार्यक्रममा खसका खासखुस, काला पहाडका तोडा, ११ जिल्लाको प्रदेश लगायतका विभिन्न शेषनमा राष्ट्रिय ख्याति प्राप्त पत्रकार, बुद्धिजीवि, नेता तथा विभिन्न व्यक्तित्वहरुले वहस गरेका थियो । सो मौलिक कार्यक्रम परिकल्पनाकार मध्यका एक माधव चौलागाइको पनि सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार