फोन र ईन्टरनेट सेवा बाट बञ्चित कनका सुन्दरी गाँउपालिका

दिलमाया शाही जुम्ला
विश्वले सञ्चार क्षेत्रमा आकास पातल फट्को मारिसकेको समयमा नेपाली भाषाको उद्गम स्थल कनका सुन्दरी गाँउपालिकामा टेलिफोन र ईन्टरनेट सेवा बिहिन रहेको छ ,। कनका सुन्दरी गाँउपालिकाको कार्यालय स्थापना गरेको ठाउ लगायत दर्जनौ बस्तीका स्थानिय बासी टेलिफोन र ईन्टरनेट सेवा बाट बञ्चित भएका हुन । टेलिफोन र ईन्टरनेटसेवा बिहिन हुदा गाँउपालिकाको कामकाज गर्न समेत निकै गारो परेको छ ।
नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच बढाए पनि नेपाली भाषाको उद्गम थलो कनका सुन्दरी गाँउ पालिमा भने सञ्चार क्षेत्रको पहुँच शुन्य रहेको त्यहाका स्थानियले गुनासो गरेका छन ।
पटक पटक कनका सुन्दरी गाँउ पालिका रहेको स्थान र आसपासमा रहेका दर्जनौ बस्तीका स्थानियको लागी टेलिफोन र ईन्टरनेट सेवाको समस्या लिएयर क्षेत्रीय कार्यालय ,केन्द्रीय कार्यालयमा आफै पुगेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय नरबिर रावतले बताए ।उनले भने धेरै पटक टेलिकमका कर्मचारीहरु संग बसेर मौखित तथा लेखीत समस्या राखे ।तर हाल सम्म पनि कुनै सुनाई नभएकोले यस क्षेत्रका स्थानिय बासी सञ्चार सेवा बाट बञ्चित भएका छन ।
नेपाल टेलिकमले कनका सुन्दरी गाँउपालिका वडा नम्बर ६ बिराटमा थ्रिजी सहितको सेवा दिर्ने गरि टावर सन्चालन गर्ने भन्दै ३ बर्ष पहिला ठेक्का गरेको थियो ।

त्यसको लागी ल्याइएका लाखै मूल्यका सामानहरु अलपत्र पारेका छन । त्यहाका झण्डै २२सय ४७ घर परिवारका १३हजार २सय १६ जना स्थानिय बासी सञ्चार बिहीन भएका छन । सञ्चार सेवा नहुदा घर बाहिर गएका आफन्त लाई फोन सम्पर्क गर्न समस्या भएको छ । दुखी बिरामी भएको खण्डमा समेत अग्लो डाडाकाँडा,तथा रुख चडेर फोनसम्पर्क गर्नु पर्ने बाध्यता त्यहाका स्थानिलाई छ । अहिले पनि त्यहाका स्थानिय बासीलाई ,२,३घण्टा टाढा गएर फोन सम्र्पक गर्नु परेको छ । गाउमा ईन्टरनेट र फोन सेवाको पहुच कहिले पुग्ला भन्दै स्थानिय चिन्तित भएका छन ।
कनका सुन्दरी गाँउपालिकाको बिराटमा ३ बर्ष पहिला देखी नेपाल टेलिकमले फोन सेवा सहित थ्रिजि सेवा दिने गरी टावर निमार्णको लागी ल्याएका लाखै मूल्यमा सामान सोलर पाता,ब्याट्रि,सरिया, सिमेन्ट, काम नलाग्ने गरी नष्ट भएका छन। उक्त सामानहरु गाई गोरु चराउन जाने स्थानियले सोलरको ब्याट्रिबाट मोवाईल चार्ज गर्ने गरेको पाइन्छ । सबै भन्दा नेपाल टेलिकम र ठेकेदारको लाहावार्हीईले अहिले सम्म संञ्चारको पँहुचम कनका सुन्दरी गाँउपालिकामा नपुगेको स्थानिय पदम बुढाले बताए । उनले भने कनका सुन्दरी गाँउपालिकामा बस्र्ने स्थानिय बासी त सञ्चार बिहिन छन। तर गाँउपालिकाको कामकाज गर्न पनि निकै समस्या आएको छ ।

पालिकाले ४,५ पटक पत्रलेखेर नेपाल टेलिकमलाई पठाएको बताएको छ । नेपाल टेलिकम कार्यालय र ठेकेदारको लाहार्पवार्हीको कारण टोलिफोनको टावर बनाउन समस्या आएको हो । टेलिफोनको टावर लाम्रो सयम सम्म अलपत्र परेको छ । सरोकारवाला नियकाय भने ठकेदारको र नेपाल टेलिककको लाहापरवार्हीको कारण समस्या भएको भन्दै मौन बसेका छन। कनका सुन्दरी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाले भने ,कनका सुन्दरी गाँउपालिकामा टेलिफोन र ईन्टरनेट सेवा नहुदा मुगुको रारा घुम्न आउर्ने आन्तरिक तथा बाहिर्य पर्यटकलाई समेत समस्या भएको छ

सम्बन्धित समाचार