डोजरको टियूवमा हावा भर्ने क्रममा पट्कींदा एक जनाको मृत्यु
दिलमाया शाही जुम्ला
जुम्लामा डोजरको टायरको टियूवको हावा भर्ने क्रममा पट्कीँदा एकजनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–२ उल्खे स्थित एक ग्यारेजमा टियूवमा हावा गर्ने क्रममा सोही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लले बताए । उनका अनुसार टायरमा हाँवा भर्दै गर्दा अकस्मात टियूव पट्किएपछि घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार शवको सनाखत भई सकेको छ । भने, शव पोस्टमाटमका लागि सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउंदै गरेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।








