जुम्ला प्रशासनले राष्ट्रिय परिचयपत्र फारम साेमबार देखि निशुल्क भर्ने
जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि फारम निशुल्क भर्ने व्यवस्था गरेको छ। यसअघि प्रजिअ जयकुमार धिमिरे हुदा जनशक्तिको अभाव देखाउँदै सेवाग्राहीलाई बाहिरबाट पैसा तिरेर फारम भर्न बाध्य बनाइएको थियो।
यसअघि राष्ट्रिय परिचयपत्र फारम भर्न सेवाग्राहीले बाहिरका कम्प्युटर तथा फोटो स्टुडियोमा १५० देखि २०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो। यसले विशेष गरी ग्रामीण क्षेत्रबाट आएका सर्वसाधारण नागरिकलाई आर्थिक बोझ परेको गुनासो बढ्दै गएको थियो।
नवनियुक्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेल जुम्ला आएपछि प्रशासनकाे सेवा सुधार अन्तरगत उक्त समस्या समाधान गरिएको हो।प्रजिअ पाैडेलका अनुसार यहि पुस १४गते देखि अर्थात सोमबारदेखि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय जुम्ला आउने सेवाग्राहीको फारम कार्यालयमै निशुल्क रूपमा भरिने व्यवस्था लागू गरिएको बताए ।
उनले अब देखि जिल्ला प्रशासन कार्यालय जुम्लाले नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा दिने उद्देश्यले आफ्नै आन्तरिक जनशक्ति परिचालन गरी फारम भर्ने काम गरिएकाे छ।उनले,भने यदि काेही कसैले आफै अनलाइन फारम भर्न आउँछ भने भरेर ल्याउदा फरक परेन । तर पैसा तिरेर बाहिर भर्नु पर्ने बाध्यता अब नभएकाे बताए । उनका अनुसार यश अघि किन कसरी बाहिर भर्ने गरिएकाे हाे साेमबार देखि नागरिकले अनावश्यक रूपमा बाहिर पैसा तिर्नुपर्ने अवस्था अब अन्त्य गरिएको छ।प्रशासनको यो निर्णयले सेवाग्राहीलाई आर्थिक राहत मिल्नुका साथै सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढ्ने अपेक्षा गरिएको छ।







