अमेरिकी निर्वाचन ः ट्रम्प र बाइडेनको छुट्टाछुट्टै संवोधन ।

अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभएको छ । ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गर्नुभयो । ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उहाँले भन्नुभयो, तर ‘प्रक्रियाले काम गरिरहेको छ।

’ प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उहाँले अमेरिकामा मतदान गर्ने काम पवित्र हुने र मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन् भन्ने विषय आफूले हेरिरहेको बताउनुभयो । मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई ‘कुनै शङ्का नरहेको’ पनि बाइडनले बताउनुभयो । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले भने विना कुनै प्रमाण चुनावमा ‘धाँधली’ गरिएको आरोप पुनः लगाउनुभयो । मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत् पहिलो पटक ट्रम्पले धारणा सार्वजनिक गर्नुभएको बीबीसीले लेखेको छ । उहाँले भन्नुभयो, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।’ हुलाकमार्फत् गरिएको मतदान ‘एकतर्फी’भएको दाबी ट्रम्पको छ ।