कार्तिक २३ गत देखी जुम्लाका विद्यालय खुल्ने ।
दिलमाया शाही जुम्ला
यहि कार्तिक २३ गते देखी जुम्लाका बिद्यालय खुल्ने भएका छन । कोरोना भाइरसका कारण गत चैत महिना देखि बन्द जुम्लाका विद्यालय बन्द थिए । जुम्लाका तिला र पातारासी गाउँपालिकाका विद्यालय आइतबार देखि खुल्ने भएका हुन ।
तिला गाउँपालिकाको कात्तिक १९ गते बसेको शिक्षा समितिको निर्णयले २३ गते आइतबार देखि विद्यालय खुलाउने निर्णय गरेको छ । लामो समय देखि बन्द रहेका विद्यालयमा सामाजिक दुरी कायम गरी पठनपाठन संचालन गर्ने निर्णय भएको सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए । उनले भने शिक्षा समितिको निर्णयका आधारमा विद्यालय खुलाउन सबै विद्यालयमा परिपत्र समेत भइसकेको छ ।
कार्तिक २३ गते आईतबारका दिन देखि पठनपाठन संचालन गर्ने पठनपाठन संचालन गर्दा आधारभूत तहले नियमित रुपमा कक्षा संचालन गर्ने निर्णय भएकोे,सामाजिक विकास अधिकृत बस्नेतले बताए । उनले थपे माध्यमिक तहले विद्यार्थीको संख्याको आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरि पठनपाठन सञ्चालन हुनेछ । ’
स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड अपनाई कक्षा संचालन गर्ने, माक्स सेनिटाईजर र साबुन पानीले हातधुने व्यवस्था विद्यालयमा मिलाइने छ । कक्षा संचालन गर्दा विद्यालय ब्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्ने समेत निर्णय भएको शिक्षा समितिले जनाएको छ । कोरोनाका कारण यस पटक जुम्लामा शैक्षिक सत्र अन्त्य हुने बेला पठनपाठन शुरु हुने भएकोले विद्यार्थी अन्यौलमा परेका छन ।





