‘केपी ओली सोझो छ भन्दैमा लुरुलुरु बयान दिन जाँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सोझो ठानेर कसैले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । सम्पादक संवादमा बोल्दै ओलीले २३, २४ भदौको जेन–जी आन्दोलन छानबिनका लागि सरकारले बनाएको आयोगमा बयान दिन नजाने स्पष्ट पारेका हुन् ।

उनले केपी ओलीले थुनिनुपर्ने गरी कुनै पनि अपराध नगरेको स्पष्टीकरण दिए । ‘कुनै हिसाबले ओलीलाई थुन्ने गरी कहिल्यै काम गरेन,’ उनले भने, ‘म सोचेर, विचार गरेर मात्रै काम गर्छु । मस्तिष्कले काम गर्ने बानी छ ।’

उनले आफू सुविचारी काम गर्ने, भ्रष्ट्राचार नगर्ने र सक्रियताका साथ काम गर्ने बानी रहेको व्यक्ति रहेको बताएका छन् ।सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको छ ।